– केशब घिमिरे ,अर्घाखाची डट्कम ।
सन्धिखर्क -७ डिहिडाडा स्थित फुदबाङ देखि चन्द्रप्रभा आसपासको बाटो बर्षा र पानीले चिप्लो ,हिलो भएको तथा नियमित स्कुल जाने बिधार्थीहरु लगायत स्थानियहरुलाई दैनिक यात्रा गर्दा दु:ख , सास्ती बेहोर्नु परेको थियो।
सोही समस्या र सहजताका लागी भनेर वार्डको अगुवाइमा हिलो भएको बाटोमा छर्रि राखेर मर्मत गर्ने काम गरेको छ।
बर्षा सकिए पछि स न पा ७ का बर्षै देखि बन्द भएका बाटा ब्यबस्थित ,टिकाउ, स्तर उन्नती गर्ने लक्ष्य र योजना रहेको वार्ड सद्स्य डुकलाल पोख्रेलले जानकारि दिएका छन।