स्वास्थ्य बीमाको दायरा अब १० लाख बनाउनुपर्छ : योगेश भट्टराई

काठमाडौं –  नेकपा एमालेका सांसद योगेश भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाको रूपमा बुझिरहेको आरोप लगाउनुभएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक नबनाई सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताउनुभयो ।
tvs
उहाँले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख बनाउनुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको समेत आरोप लगाउनुभयो ।
उहाँले सत्तारुढ पाँचदलीय गठबन्धन सरकारलाई पञ्चमुखी सरकारको संज्ञा दिनुभयो । उहाँले गंगालाल अस्पतालमा ६० वर्षे उमेरहदका कारण सेवानिवृत्त गर्नुपर्ने डाक्टरका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्रीको निर्देशनमा ६३ वर्षको उमेर हद गर्ने गरेर नियमावली संशोधन गरिएकोप्रति आपत्ति जनाउनुभयो ।
सांसद भट्टराईले सेवानिवृत्त भएका डाक्टरहरुलाई सेवामा राखिराख्न बहादुरी सरकारले नागरिकता नै ४० वर्ष बनाइदिन भन्दै गठबन्धन सरकारप्रति व्यंग्य गर्नुभयो ।