शोभाखर पन्थी ,अर्घाखाँची
नयाँ नेतृत्वको चयन गर्दै नेवा देय दवुको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले समाजसेवी देवराज श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला समितिको सर्वसम्मत चयन गरेकोे छ ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा ठाकुर प्रसाद श्रेष्ठ ,उपाध्यक्षमा माया श्रेष्ठ ,दुर्गाबहादुर श्रेष्ठ ,सचिव सीता श्रेष्ठ ,ठाकुर कुमार श्रेष्ठ र कोषाध्यक्षमा पार्वता श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरी सदस्यमा राजकुमार श्रेष्ठ ,बालकृष्ण श्रेष्ठ ,रितकुमार श्रेष्ठ ,मितप्रसाद श्रेष्ठ ,खिमप्रसाद श्रेष्ठ ,राजकुमार श्रेष्ठ ,रामकृष्ण श्रेष्ठ ,प्रकाश श्रेष्ठ ,नारायण श्रेष्ठ ,लक्ष्मी श्रेष्ठ ,कृष्णप्रसाद श्रेष्ठ ,शिलु श्रेष्ठ ,ईश्वरा श्रेष्ठ ,मोतिकुमार श्रेष्ठ गोपाल श्रेष्ठ ,गोमा श्रेष्ठ ,सरस्वता श्रेष्ठ ,शुष्मा श्रेष्ठ ,देवी श्रेष्ठ ,मधुकुमार श्रेष्ठ ,सिर्जना श्रेष्ठ ,छन्दलाल श्रेष्ठ ,अपेक्षा श्रेष्ठ ,प्रेमप्रसाद श्रेष्ठ ,हुमलाल श्रेष्ठ र तेजमान श्रेष्ठ रहनुभएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेवा देय दवु केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राज भण्डारीले नेवार समुदायका समस्या प्रति राज्य उदासीन भएको बताउनुभयो ।
मुलुकका सबैखाले परिवर्तनमा नेवार समुदायले खेलेको भुमिका अविस्मरणीय रहेको भन्दै ,उहाँले मुलुकको समृद्धि र बिकासको निम्ति आफुहरु निरन्तर रुपमा लागिपरेको बताउनुभयो । उहाँले नेवारी भाषा ,कला ,सभ्यता र संस्कृतिको जगेर्नाको निम्ति सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने जोडदिनु भयो ।
नेवा देय दवुका का.वा. अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको अध्यक्षता ,नगर सचिव बसन्त श्रेष्ठको संचालन र प्रदेश सदस्य अशोक श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेवा देय दवुका केन्द्रीय उपमहासचिव राजेन्द्रप्रसाद कक्षपती,सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ ,छत्रदेव गाउँ पालिकाका प्रमुख चन्द्रमान श्रेष्ठ ,नेवा देय दवु लुम्बिनी प्रदेश समितिका अध्यक्ष विजुला जोशी ,बरिष्ठ उपाध्यक्ष बावुराम श्रेष्ठ ,प्रमुख सचिव चिरञ्जीवी श्रेष्ठ ,प्रदेश सदस्य तुलशा देवी श्रेष्ठ ,हरी कुमार श्रेष्ठ ,राष्ट्रिय परिसद सदस्य देव श्रेष्ठ ,चितवन जिल्ला सदस्य रमेश कुमार श्रेष्ठ ,रुपन्देही जिल्ला सदस्य लक्ष्मी श्रेष्ठ लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा विभिन्न कला ,संस्कृति र झाँकीहरु प्रस्तुत गरिएको थियोे ।