नेकपा बहुतद्वारा अर्घाखाचीका निर्माण व्यबसायीको घरमा कालो ब्यानर ,निर्माण ब्यवसायी भन्छन चन्दा दिन नसकेपछी बदनाम गर्न खोजियो।

  
–  अर्घाखाची डट्कम ,सम्बाददाता । 
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) अर्घाखाँचीले नेपाल निर्माण ब्यवसायी संघ, अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारीको घरमा कालो ब्यानर टासेको छ ।
नेपाल निर्माण ब्यवसायी संघ, अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारी लाई कारबाही किन ?
(१) कर्मचारीसँग मिलोमतो गरि कमसल काम गरेकोले ।
(२) घुम्ती पाल्पा सडक खण्डको खगडी लगायत सम्पुर्ण काममा भर्खर लगाएका वालहरू भत्किएकाले।
(३) घुम्ती पाल्पा सडक खण्ड भित्र पर्ने बासको रूख देखी पाली निस्किने उकालोमा कम रोलिङ्ग गरेको कारण ग्राभेल पुर्ण रूपमा भत्केकोले 
(४) ढलाइहरूमा स्टिमेटभन्दा कम सिमेन्ट प्रयोग गरि ठगी गरेकोले ।
(५) मजदुरलाई पारिश्रमिक र सस्तो मूल्यमा काम गराई ठगि गरेकोले ।
(६) मसला बढी प्रयोग गर्ने ठाउँमा ढुङ्गा बढी प्रयोग गरेकोले ।
(७) अर्घाखाँची निर्माण व्यवसाय धरासायी बनाएको र साना व्यवसायका गुनासा नसुन्ने र नियमित बैठक नबसालेकोले 
नेकपा (बहुमत)ले नेपाल निर्माण ब्यवसायी संघ, अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारीको घरमा कालो ब्यानर टास्यो। 

नेकपा बहुतद्वारा अर्घाखाचीका निर्माण व्यबसायीको घरमा कालो ब्यानर ,निर्माण ब्यवसायी भन्छन चन्दा दिन नसकेपछी बदनाम गर्न खोजियो।
   
       
 तत्काल सरोकारवाल निकायले कारबाही नगरे ,जनसंघर्षबाट  उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धि निकाय हुनेछ चेतावनी दिएका छन। 
यसैगरी नेकपा बहुतद्वारा अर्घाखाचीका निर्माण व्यबसायीको घरमा कालो ब्यानर टागे पछी व्यबसायीको धारणा बुझ्न खोज्दा उनले भने  चन्दा दिन नसकेपछी बदनाम गर्न खोजियो। 
यता निर्माण ब्यबसायि अधिकारिसंग यस बिषयमा बुझ्दा, चन्दा दिन नसक्दा ब्यानर टांगिएको उनले बताए। निर्माण ब्यवसायी समितिबाट बर्ष पिच्छे   चन्दा माग्दै र लैजादै आइरहेको उक्त समुहले गत बर्ष पनि चन्दा लगेको थियो । तर  अहिले  निर्माणका सामग्री सहित सबैको मुल्य  वृद्धि भैसकेकोले चन्दा दिन नसकिने बताएपछि धम्कि स्वरुप ब्यानर टांसिएको उनको भनाइ छ ।

अन्य समाचारहरु