गठबन्धनका शीर्ष नेताहरु बैठक बस्दै, सीट बाडँफाटको टुंगो लगाउने






काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।


आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन सत्तारुढ दलहरुको गठवन्धनले बनाएको कार्यदलले सिट बाडँफाँडको टुंगो लगाउन नसकेपछि बैठक बस्न लागेको गठबन्धनका एक नेताले बताए ।

हिजोको कार्यदलको बैठक कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्ने अन्तिम चरणमा पुगेको सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताएका थिए ।

उनले बैठक सकारात्मक दिशामा अघि बढिरहेको उल्लेख गरे । तर, सिट बाँडफाँडका विषयमा के के प्रगति भयो भन्ने खुलाएनन ।

‘अहिलेसम्म भएका छलफलका विवरण शीर्ष नेताहरुलाई अवगत गराउने र त्यसपछि बस्ने बैठकबाट निर्णयमा पुग्ने सहमति भएपछि आज शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।नेपाल प्रेसले उल्लेख गरेको छ।