टेकराज भुसाल
बुटवल । भुमिकास्थान (अर्घाखाँची) रुपन्देही सम्पर्क समाजको प्रथम बृहत् भेला तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ।
शनिवार बुटवल १२ मिलनपार्कमा सम्पन्न भेलाकाे भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले उद्घाटन गरेका थिए।
साे क्रममा नगर प्रमुख थापाले नगरपालिका भन्दा बाहिर रहेका आफ्ना जनतासंग समन्वय, सहकार्य र सुझावका आधारमा भूमिकास्थान नगरपालिकालाई नमुना नगरको रुपमा विकास गर्ने बताए। विद्यालय क्षेत्रमा विद्याथीको व्यवहारिक ज्ञानको लागि कृषि विशेष कार्यक्रम संचालन गरेको तथा विद्यालयको गुणस्तार वृद्वी गर्न विद्यालयसंग नगरपालिका कार्यक्रम संचालन गरेको बताए।
सेङलेङ, मसिनालाई पर्यटक मियोको रुपमा अगाडि बढाउने लगायत पर्यटनका विषयलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरेको समेत बताए।
त्यस्तै नगर उपप्रमुख बालाकृष्ण बन्जाडेले गाउं समाजको विकासमा सबैको साथ सहयोग आवश्यक भएको भन्दै भ्रष्टाचारमुक्त नगरपालिका र शुसासन कायम भएको नगरको रुपमा भूमिकास्थानलाई विकास गर्ने बताए।नगर प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष बाबुराम पन्थीले चुनावको बेला मतदातासंग गरिएको प्रतिवद्वता पुरा गर्ने आश्वासन दिदै स्वार्थ भन्दा माथि उठेर काम गर्न सबैको साथ सहयोग र सुझाव सल्लाहकाे आवश्यक रहेको बताए।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडे, वडा नम्बर ६ का अध्यक्ष प्रेम नारायण बेल्वासे, वडा नम्बर ८ का अध्यक्ष राजकुमार श्रेष्ठ, वडा नम्बर ९ का अध्यक्ष खेमराज चुदाली लगायतले शुभकामना मन्त्वय राखेका थिए।भेलाले लक्ष्मण बेल्वासे अध्यक्ष रहेकाे २१ सदस्यीय भुमिकास्थान (अर्घाखाँची) रुपन्देही सम्पर्क समाजको गठन समेत गरेको छ।
जसको उपाध्यक्षमा क्रमशः ढुण्डिराज खनाल, गाेपाल गैरे, कृष्णप्रसाद मरासिनी, दिलिप चुदाली र रामप्रसाद भुसाल, सचिवमा यमप्रसाद गैरे, सहसचिवमा गाेविन्द खनाल र माया वली, काेषाध्यक्षमा खुश्बु भण्डारीलाई चयन गरेको छ भने सदस्यहरुमा याेगेन्द खनाल, सन्ताेष बन्जाडे, मिना आचार्य, गिता बन्जाडे, सुस्मिता आचार्य, लक्ष्मण गैरे, अजय पाैडेल, प्रकाश जिसी, ज्ञानु पाण्डे र २ सदस्यीय रिक्त राखेको छ।
कार्यक्रम भुमिकास्थान रुपन्देही सम्पर्क समाज भेला आयोजक समितिका अध्यक्ष लक्ष्मण बेल्वासेकाे अध्यक्षता, सचिव यम प्रसाद गैरेकाे संचालन र उमलाल बन्जाडेकाे स्वागत मन्त्वयमा सम्पन्न भएको थियो ।