प्रकाश प्युठानी ,अर्घाखाची डट्कम ।
पाणिनी गाउँपालिकामा संयुक्त ट्रेड युनियन संञ्जालले विराेध कार्यक्रम गरेको छ ।
संघीय निजामति सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन कर्मचारी मैत्री रूपमा अबिलम्ब जारी गर्न दवाव सृजना गर्ने उद्देश्यले पाणिनी गाउँपालिकाका कर्मचारीहरूले बिरोध कार्यक्रम गरेका हुन् ।
कर्मचारी मंत्री र सेवा मैत्री हुने गरी सङ्घीय प्रदेश र स्थानीय तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर, क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर, तिनै तहमा कार्यरत कर्मचारीहरुलाई निजामतीको परिभाषामा समावेश गर लगाएतका ११ वटा मागहरू लेखिएकाे कालाे ब्यानर मिति २०७९ साल भाद्र ६ गते देखि १७ गते सम्म कार्यालयमा टाँसी हातमा कालाे पट्टि बांधेर कामकाज गर्ने गरी आन्दोलनमा ऐक्यबद्वता जनाएको पालिकाका कर्मचारी शोभाखर भुसालले जानकारी दिए ।