अर्घाखाँची डटकम, संवादाता ।
अर्घाखाँचीको सन्धिखर्क -७ सानागांउमा रहेको अर्घाखाँची मह उद्योग बिगत ६ बर्ष देखि बन्द अवस्थामा रहेको छ । नेपाल सरकारको एक जिल्ला एक उत्पादन निति अन्तर्गत सरकारको ६० प्रतिशत सहयोग र निजि क्षेत्रको ४० प्रतिशत लगानि गरि करिब एक करोड खर्च गरेर बनाइएको भवन काम बिहिन भएको छ भने मह प्रशोधन गर्ने मेसिन तथा औजारहरु खिया लागेर जिर्ण अवस्थामा पुगेका छन ।
उद्योग परिसर घांस पतिङ्गरले भरिएको छ भने भित्र रहेका मौरिका घारहरु जिर्ण अवस्थामा देखिन्छन । उद्योग भित्र मह प्रसोधन गर्ने ठुला ठुला मेशिनहरु खिया लागेको अवस्थामा छन ।
अर्घाखाँची जिल्लामा मौरि पालन ब्यबसायिक बनाउदै मह उत्पादनमा वृद्धि गर्ने र छिमेकी जिल्लामा समेत उत्पादित मह संकलन गरि अर्घाखाँचीको लोगो लगाएर बजारिकरण गर्ने उदेस्य राखिएको भएता पनि प्रचारप्रसार र लगानि अनुसार कार्य गर्न नसकेको मह उद्योगका सन्चालक शेयर सदस्य लक्षमण कंडेलले अर्घाखाँची डटकम संग स्वीकार गरे ।
उत्पादन थोरै हुदा आम्दानि कम हुनाले पारिश्रमिक कम हुदा काम गर्ने मानिस नपाउनु पनि उद्योग बन्द हुनुको कारण भएको पनि कंडेल बताउछन ।
सामान्यतया उद्योग स्थापना गर्दा कच्चापदार्थको उपलब्धता र बजारिकण जस्ता कुरा हरुको ख्याल गर्नुपर्ने हुन्छ ।
अव मह उद्योग खुल्छकि खुल्दैन ? भनि प्रश्न राख्दा , नगरपालिकाले सहयोग गरे खुल्ने सन्चालक कंडेल बताउछन । कुराकानिका क्रममा उनले अव मह उद्योगलाइ मसला उद्योग संग जोडेर संचालन गर्ने बिषयमा नगरपालिकामा र जिल्ला समन्वय समिति अर्घाखाँचीमा कुरा राखेको पनि डटकमलाइ बताए ।
मह उद्योग स्थापना गर्दा अदुरदर्शिताका कारण लगानि खेर गइराखेको अवस्थामा फेरि मसला प्याकिङ्ग र ब्रान्डिङ्गको नाममा नगरपालिका बाट सहयोग माग्नु र सहयोग भएता पनि त्यसबाट प्रतिफल आउने कुरामा बिस्वस्त हुन नसकिने र यो खालि लगानि भित्राएर कमाउने उदेस्य मात्रै भएको नाम नबताउने सर्तमा सानागाउका एक स्थानियले ड्टकमलाइ बताए ।
ग्रामिण क्षेत्रमा औद्योगिक भवन बन्दा खुसि भएका स्थानियहरु अहिले त्यो भवन देखेर संचालकहरुलाइ गिज्याइरहेका छन ।
कुनै न कुनै बिधिबाट उद्योग संचालनमा ल्याइ खेर गइरहेको लगानि प्रयोगमा ल्याउन सके स्थानियहरु खुसि हुनुका साथै सरकारि र निजि क्षेत्रले गरेको लगानि उचित हुने थियो ।