अनिल नेपाली सन्धिखर्क ,अर्घाखाची डट्कम ।
अर्घाखाँची जिल्ला अदालतको आयोजनामा सञ्चारकर्मी र अदालत बिच अन्तरक्रिया कार्यक्रम आज सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । न्यायिक क्षेत्रको सुधार, विस्तार र मौजुदा कानुन सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
केही दिन अँघी मात्र जिल्ला अदालत कास्कीबाट सरुवा भई आएका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा अदालतले हालसम्म सम्पन्न गरेका गतिविधी, गत आर्थिक वर्षमा सम्पन्न भएका मुद्दाहरू तथा अदालतको प्रगतीका बारेमा बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा सन्चारकर्मिबाट उठेका जिज्ञासा, प्रश्नहरुको न्यायाधीश भट्टराईले जवाफ दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, लगायत जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम जिल्ला अदालतका श्रेश्तेदार महेश खनालको सन्चालनमा सम्पन्न भएको हो ।