दीपेन्द्र पौडेल सन्धिखर्क ,अर्घाखाची डट्कम ।
कुनै बेला अन्नको भणडार मानिने चनौटे ,उल्बाङ ,कुडुले वृत्ति लगाएतका फाँट अहिले चिथोरिएको घाउ जस्तै देखिन्छन्। यि फाँटहरु पुर्ण हरियाली धानका बाला झुल्ने अन्नको भणडार नै मानिन्थ्यो तर केहि बर्ष पहिले गरिएको अव्यवस्थित पल्टिङले चिथोरिएको बस्ती जस्तो देखिन्छ।
खेतीयोग्य जमिनका फाँटहरु मध्य केहि फाँटको अस्तित्व सिधिएको छ भने बाँकी खेतीयोग्य फाँटको अस्तित्व सकिने क्रममा छ। बिच बीचमा कङ्कृटका घर फाट्टफुट्ट ठ्डिएका छ्न । सरकारको जमिन सम्बन्धि स्पष्ट निति नहुदा नेपालका धेरै खेतीयोग्य जमिनमा कङ्कृट विछ्याइएको छ।
खेतीयोग्य जमीन मासिदै छ ,खेतीयोग्य भुमिमा अव्यवस्थित प्लाटिङ्ग गरेर सन्धिखर्कका खेतीयोग्य जमिन केहि मासिए ,केहि मासिने क्रममा छ्न । खेतीयोग्य जमिनमा घर टहरा बनाउन नपाउने निति भर्खर आएता पनि लागु हुने कुरा कार्वान्यन हुन सकेको छैन ।
केहि दलाल भु माफियाहरुले अव्यवस्थित जग्गा किन बेचको चपेटामा परि यो अबस्था आएको हो । यसरी जग्गा कारोवार गर्दा खेतियोग्य जग्गा नासिने र कृषि मा ह्रास हुने निश्चित छ । यस्ता विक्रिति कार्यलाई रोक्ने अभियान र स्थानिय सरकारको भू उपयोग निति ल्याउन आवश्यक रहेको छ ।
अर्घाखाँचीका अधिकांश भुमि कृषि योग्य भूमि भएको आधारमा हरेक स्थानिय सरकारले भूगोल अनुसार नितिगत रुपमा विउ संरक्षण, खाद्य उत्पादन, प्रविधि हस्तान्तण, कृषिमा यान्त्रिकिकरण, सिंचाई, कृषि सडक मुहान संरक्षण जस्ता कृषि क्षेत्रमा हरेक स्थानिय सरकारले बजेट विनियोजन हुन आबस्यक रहेको छ ।