नेपाली काङ्ग्रेसका जिल्ला सभापति केशब श्रेष्ठले मङ्सिर ४ गते हुन लागि रहेको सङ्घ ,प्रदेसको चुनाबमा पार्टीका उमेदवारलाई बिजयि बनाउन दत्तचित्त भएर लाग्न स्थानीय नेता कार्य कर्ताहरुलाई आग्रह गर्नु भएको छ ।
नेपाली काङ्ग्रेस पाणिनि गाउकार्य समितिले दुर्गाफाटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले सगठन निर्माणमा जुटेर चुनाबि अभियानमा लाग्नका लागि सबैलाई आग्रह गर्नु भएको हो ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति केशव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठक तथा प्रशिक्षण कार्यक्रममा जिल्ला सचिव कृष्ण खनाल जिल्ला कोषाध्यक्ष बिष्णु क्षेत्री सहसचिव कमल पौडेल काङ्ग्रेसका नेताहरु सुर्य प्रसाद अधिकारी यादब प्रसाद घिमिरे जिल्ला सदस्य मधु पन्त प्रदेस सभा क का सभापति राजेस पन्थि ख का सभापति हेमन्त बेल्वासे स्थानिय महिला नेतृि अम्बिका पोख्रेल लगायतले प्रशिक्षण मुलक मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम पाणिनिका सभापति तुल्सि पौडेल सभापतित्व सचिब प्रमोद गौतमको सन्चालन हुम बहादुर जिसिको स्वागत मन्तब्यमा भएको कार्यक्रममा स्थानिय वार्ड सभापतिहरु पार्टी वार्ड कमिटीका पदाधिकारी सदस्यहरु प्रदेस कार्य समितिका नेताहरु काङ्ग्रेस का भातृ सुभेक्षुक सस्थाका प्रतिनिधिहरुले आफ्नो भनाइ ब्यक्त गरेको काङ्ग्रेस प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिनु भयो ।