पुस्तक बिमाेचन कार्यक्रम सम्पन्न


हिम लेकाली ,भाद्र ५ सन्धिखर्क  ।
निबृत राष्ट्र सेवक समाज अर्घाखाँचीकाे आयाेजनामा सन्धिखर्ककाे शान्ति बगैचामा  “मुक्ति पथका तीन पाईला “नामक कविता  संग्रह विमाेचन भएकाे छ ।
पुस्तक बिमाेचन कार्यक्रम सम्पन्न
समाजसेवी  रामचन्द्र पाख्रेलकाे  अध्यक्षतामा  सन्धिखर्क नगरपालिका १ निवासि कवि बिष्णु प्रसाद भुसाल द्वारा लिखित पुस्तककाे बिमाेचन कार्यक्रमका प्रमुख अतिथि निबृत राष्ट्र सेवक समाज केन्द्रीय महासचिब बिष्णु प्रसाद बस्यालले गर्नु भएको थियाे ।
पुस्तककाे समीक्षा शैक्षिक ब्यक्तित्व धुर्ब के.सि . ले गर्नु भएको थियाे ।
पुस्तक बिमाेचन कार्यक्रम सम्पन्न
पुस्तकमा जन्मभूमि प्रतिकाे प्रेम ,पितृ भक्ती तथा प्रकृति प्रेमका कविता ,आध्यात्मिक मार्गमा मुक्ति र माेक्षका  कविता रहेका छन् । सबै कविताहरू छन्दमा लेखिएकाले रसिला  र शान्त  रसका छन् ।  यी सबै कविता ले नयाँ पुस्तालाई जागरण पैदा  गराएका   छन् भने समाज  परिवर्तन र सुधार का लागि नयाँ सन्देश दिएका छन्  ।
पुस्तक बिमाेचन कार्यक्रम सम्पन्न
 कविता संग्रहमा  कतिपय कविताहरू  राजनितीमा देखियकाे बिकृतिलाई  ब्यङ्ग  गर्दै  बाेलेका छन् । पुस्तकमा ६२ कविताहरू संग्रहित छन्  ।कार्यक्रममा समाजसेवी  संस्कृति प्रेमी  जित बहादुर खड्का ,  लक्ष्मी  नारायण आचार्य , दधिराम  बस्याल डिल्ली राज भुसाल ,मुकुन्दराज आचार्य ,प्रेम नारायण खनाल ,  काे बिशिस्ट आतिथ्यता रहेका थियाे ।
पुस्तक बिमाेचन कार्यक्रम सम्पन्न
कार्यक्रममा  संस्कृति प्रेमी जनार्दन खनाल ,  शिक्षा समन्वय प्रमुख मनिराम पराजुली    साहित्यकार माेति खनाल , हिम लेकाली,बुद्धि राम गैरे  , माधव राज चुँदाली ,  कमल  पाेख्रेल , लगायतले शुभकामना  मन्तब्य  सहित रचना बाचन   गर्नु भएको  थियाे ।
पुस्तक बिमाेचन कार्यक्रम सम्पन्न
 संस्थाका  सचिव कमल प्रसाद घिमिरे  काे  स्वागतमा सम्पन्न कार्यक्रमकाे सन्चालन शैक्षिक ब्यक्तित्व  गंगाराम भुसालले गर्नु भएको  थियाे ।
पुस्तक बिमाेचन कार्यक्रम सम्पन्न
 २३ बर्ष भूमिकास्थान नगरपालिकाकाे  जनप्रिय मा.वि. असुरकाेटमा    शिक्षण पेशामा संलग्न भई    प्रधानाध्यापककाे  भूमिका निर्बाह गर्नु भएका  लेखक अहिले निबृत राष्ट्र सेवक समाज नेपाल अर्घाखाँचीकाे अध्यक्ष हुनुहुन्छ  ।

अन्य समाचारहरु