अर्घाखाँचीमा मिटरब्याज १ जना पीडितको मात्र उजुरी | धेरै पिडित उजुरी दिन डराए

लक्ष्मण घिमिरे 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा मिटरब्याजबाट पीडित भएको भन्दै १ जनाको उजुरी परेको छ । सरकारले गत साउन २७ गते मिटरब्याज अपराध नियन्त्रणको लागि डा. भीष्मकुमार भूसाल नेतृत्वको कार्यदल गठन गरेको थियो ।
कार्यदल गठनपछि साउन २८ गते नै गृह मन्त्रालयले सूचना निकालेर भदौ ५ गतेभित्र मिटरब्याज पीडितहरुलाई उजुरी दिन आग्रह गरेको थियो । अर्घाखाँची जिल्लामा १ जनाको मात्र उजुरी परेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए । कार्यदलले कार्यविधि बनाएर परिपत्र गरेपछि मिटरब्याज पीडितका उजुरीउपर छानबिन हुने घिमिरेले बताए।
जिल्ला प्रहरी कार्यालयमा भने कसैको उजुरी परेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कृष्ण घिमिरेका अनुसार मिटरब्याज पिडित कोहीपनि जाहेरी वा उजुरी दिन नआएको जानकारी दिए ।
अर्घाखाँचीमा मिटरब्याज पिडित धेरै भएपनी उजुरी दिन डराईरहेका सरोकारवालाको भनाई छ ।

अन्य समाचारहरु