प्रतिनिधि सभा निर्वाचनको समय नजकिदै गर्दा यति बेला चुनाब प्रचार प्रसारका लागि उम्मेदवारहरु आफ्नो आफ्नो क्षेत्र तिर दौड धुप गरिरहेका छन। यसैबिचमा अर्घाखाँची जिल्लामा पनि चुनाबी माहोल तात्तिन थालेको छ।
राजनैतिक दहहरुले कसलाइ उम्मेदवार उठाउने भन्ने मै अन्योल भैरहदा अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दुर्गा बन्जाडे अर्घाखाँची जिल्लाका जनताहरु सङ्ग प्रत्यक्ष भेटेर विभिन्न क्षेत्रका समस्याहरुलाइ अबलोकन गरिरहेका छन।देशभरी स्वतन्त्र उम्मेदवारको चर्चा चलिरहदा अर्घाखाँचीका जनताहरुले समेत यसपाली स्वतन्त्र उम्मेदवार लाई नै जिताउने लक्षण देखियको छ।
दुर्गा बन्जाडे चुनाबी प्रचार प्रसारमा लागिरहदा उनलाइ साथ दिनका लागि धेरै जसो कलाकारहरु पनि तयार भयको देखियको छ। नेपाली चलचित्र क्षेत्रका बादसाह नै मानियका बरिस्ठ कलाकार मुकुन्द थापा पनि स्वतन्त्र उम्मेदवार दुर्गा बन्जाडेलाइ जिताउनको लागि अर्घाखाँची जिल्लामै पुगिसकेका छ।
राजनैतिक दलहरुले मुलुकलाइ बर्बादितिर धकेलिरहेको र देशले पनि नया पुस्ताको खोजी गरिरहेकोले कलाकार दुर्गा बन्जाडेलाइ अर्घाखाँचीका जनताहरुले साथ दिनुपर्ने बरिस्ठ कलाकार मुकुन्द थापाले बताए।दुर्गा जि लाई हामी सबै कलाकारहरुले साथ दिएका छौ र दिनेछौ तर जित हार भन्ने कुरा जनताको हातमा रहेको भन्दै अर्घाखाँची जिल्लाका जनताहरुलाइ सचेत भएर भोट हाल्न समेत आग्रह गरेका छन।
यतिबेला दुर्गा बन्जाडे अर्घाखाँची जिल्लाको समस्या बुझेर चुनाबी एजेन्डा बनाउनको लागि अर्घाखाँची जिल्लाको समस्या अबलोकन गरिरहेका छन।।हामी देशको लागि सच्चा काम गर्ने मनस्थिति बोकेर गाउँ पसेका छौ। हाम्रो यो अभियानमा अर्घाखाँची जिल्लाका जनताहरुले साथ दिनुहुन्छ भन्नेमा म बिस्वस्त छु।।अन्त्यमा अर्घाखाँची जिल्लाका जनताहरुलाइ आफ्नो क्षेत्रमा भएका समस्याहरु हामिलाइ जानकारी गराउनुहोला भनेका छन ।