हिम लेकाली
भाद्र ११ सन्धिखर्क – नेकपा (मसाल ) जिल्ला समन्वय समिति अर्घाखाँचीकाे आयाेजनामा शाेभाखर धनन्जय (सहिद सराेज शर्मा )काे ३६ अाैं स्मृति दिवस सन्धिखर्कमा मनाईएकाे छ । अर्घाखाँची हाँक ब्यबस्थापक बुद्धिराम गैरेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथ्यता नेकपा (मसाल ) विशेष महाधिवेशन आयाेजक समितिका प्रतिनिधि कृष्ण के.सि. काे रहेकाे थियाे । उहाँले कार्यक्रम मा बाेल्दै सहिद शाेभाखर धनन्जयकाे ईतिहाँस र क्रान्तिकारिपनकाे चर्चा गर्दा सहिद परिबारका आखाँ बाट नथामिने गरिआसु बगेका थिए भने सबै का आखा रसायका थिए । के .सि. ले सहिद र उनका परिबार लाई समेत सरकारमा बस्नेहरूले अपमान गरेकाे र कम्युनिष्ट नामधारिहरू समेतले सहिदहरू लाई बिर्सिकाे बताउनु भयाे ।
सहिद परिबार यमुना भुसाल ,गिरिराज भुसाल ,ईन्दिरा भुुुसाल काे विशेष आतिथ्यता रहेकाे कार्यक्रममा नेकपा माअाेवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य कृष्णहरि भुसाल ,नेकपा एकीकृत समाजवादी कार्यालय सचिव नारायण भुसाल ,नेकपा क्रान्तिकारी माअाेवादीका अशाेक थापा ,नेपाल पत्रकार महासंघ का उपाध्यक्ष बिरेन्द्र के. सि . ,लुम्बिनी बाङ्गमय प्रतिष्ठान का साहित्यकार चाेपा बन्जाडे ले सहिदहरूकाे बारे बाल्दै सहिदहरू अाेझेलमा परेकाे उनिहरूकाे नाम बेचेर कतिपय ब्यक्ति र संस्था ले दुनाे साेझाउने निक्लिष्ट काम गरेकाे बताउनु भयाे । उहाँहरूले सहिद परिवारले साच्चिकै दुखमा बाँच्नु परेकाे बताउँदै
सहिद टंक भुसाल कि धर्म पत्नि सरस्वता भुसालले अरूकाे निमेक गरेर बाच्नु परेकाे ब्यथा सुनाउनु भयाे ।कार्यक्रम मा सहिद प्रति श्रर्द्धा सुमन ब्यक्त गर्दै माैन धारणा र तस्बिरमा पुष्प गुच्छा अर्पण गरिएको थियाे ।
कार्यक्रम मा स्वागत बुद्धिजीवी नरेन्द्र बहादुर थापा र सन्चालन राष्ट्रिय जनमाेर्चा जिल्ला समन्वय समिति प्रतिनिधि कमल प्रसाद भुसाल ले गर्नु भएको थियाे ।
सहिद सराेज शर्मा काे जन्म २००१ असार ५ मा अर्घाखाँची काे साविक किमडाँडा ९ हाल सन्धिखर्क नगरपालिकाकाे वडा नं २ , कुरमा भएको थियाे ।
उहाँ तत्कालिन मसाल काे नेता हुनुहुन्थ्यो , उहाँ २०४० सालमा अहिले प्रकाशन हुँदै अाएकाे हाँक पत्रिकाकाे सम्पादक र प्रकाशक का साथै सिन्धुपाल्चोक मा रहेर शिक्षण पेशामा गर्नु हुनुहुन्थ्यो । जब नेपालमा रामराजा प्रसाद सिंहले काठमाडौमा बम पड्काय उहाँलाई तत्कालिन सरकारले पक्डाउ पूर्जी जारि गर्याे । उहाँ त्यस पछि भारत जानू भयाे र प्रवासमा रहेर पत्रकारिता गर्नु भयाे । त्यसताक उहाँ नेपाली एकताकाे सह सम्पादक हुनुहुन्थ्यो । त्यहाँ पत्रिका बितरण गर्न गएकाे बेला गुप्तचर लगाएर उहाँलाई रहस्यात्मक ढंगले २०४३ भदाै ११ गते भारतकाे दिल्ली स्थित बेलाराेडमा हत्या गरिएको थियाे ।