अर्घाखाची डट्कम, सम्बाददाता ।
पाणिनी पत्रकार समाजको अध्यक्षमा प्रकाश प्युठानी, उपाध्यक्ष सुवास गौतम, महासचिव भिम विश्वकर्मा, सचिब माधव पौडेल, सहसचिव कमला घिमिरे, कोषाध्यक्ष रुक्मागत भट्टराई, सदस्यहरुमा संगम भट्टराई, घनश्याम भट्टराई र कमला परियार रहेका छन् ।
पाणिनीको बिकासमा हातेमालो र हरेक अनियमितता तथा लुकाउन खोजिएका घटनाको उजागर गर्न पाणिनीका सबै पत्रकार एकजुट हुनु पर्ने आबश्यकता देखिएकोले संस्था गठन गरि दर्ता गरिएको समाजका महासचिव भिम विश्वकर्माले बताए ।
पाणिनी पत्रकार समाज विशुद्ध गैर राजनीतिक, पेशागत हक हित तथा जनहितकारी संस्था हुने समाजका अध्यक्ष प्रकाश प्युठानिले जानकारी दिए ।
प्युठानिका अनुसार संस्थामा पत्रकारिता गर्दै आएका जोकोही पनि जोडिन सक्नेछन् । पत्रकारहरु एकजुट हुन सके मात्र पेशागत सुरक्षा हुने र तब मात्र सबै कुरामा आवाज उठाउने सकिने उनको भनाइ छ ।
साथै उनले संस्था दर्ताको लागि आ-आफ्नो स्थानबाट सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यबाद ब्यक्त गरेका छन् ।