अर्घाखाँची पाेली क्लिनिककाे सेवा आफ्नै भवनबाट

हिम लेकाली ,सन्धिखर्क
लुहेस्काे लिमिटेडद्वारा सन्चालित अर्घाखाँची पाेली क्लिनीकले अब आफ्नै भवनबाट सेवा सन्चालन गरेकाे छ ।
लुहेस्काेले  बिरामिहरूकाे सुबिधालाई मध्यनजर राखि     सन्धिखर्क स्थित साथि हाेटलकाे अगाडि रहेकाे तीन तले आफ्नै भवनबाट  सेवा प्रदान गर्न थालेकाे हाे ।
अर्घाखाँची पाेली क्लिनिककाे सेवा  आफ्नै भवनबाट
नयाँ भवनमा कामकाे थालनी जनरल फिजिसिएन डा.जगन्नाथ तिवारिले एक कार्यक्रम बिच गर्नु भएको छ । कार्यक्रममा लुहेस्काे कार्य समितिका महानुभावहरू पत्रकार  साथै  ,कर्मचारीहरूकाे उपस्थिति  रहेकाे थियाे ।
अर्घाखाँची पाेली क्लिनिककाे सेवा  आफ्नै भवनबाट
 पाेलि क्लिनिकमा बिभिन्न राेगका बिशेषज्ञद्वारा दैनिक तथा साप्ताहिक बिरामि जाँच सेवा ,  एक्सरे ,भिडियाे एक्सरे,ल्याब ,फार्मेसी  साथै ईमर्जेन्सी सेवाहरू रहेका  छन् ।
अर्घाखाँची पाेली क्लिनिककाे सेवा  आफ्नै भवनबाट
२०६४ सालमा स्थापना भै सन्चालनमा अाएकाे लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (लुहेस्काे) ले  अर्घाखाँचीमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कामहरू गर्दै आएकाे छ ।
अर्घाखाँची पाेली क्लिनिककाे सेवा  आफ्नै भवनबाट
 जस्ले जिल्लामा पहिलाे पटक  हेपाटाइटिस बिरूद्धकाे खाेप सेवा सन्चालन गरेकाे थियाे  ।  यस्ले बेला बेला निशुल्क स्वास्थ्य शिविर ,विभिन्न स्वास्थ्य सेवा सम्बन्धि छलफल र गाेष्ठि ,काेभिड बिरूद्धकाे अभियानमा विभिन्न संघ संस्थाकाे साझेदारीमा  काेभिड संक्रमितहरूलाई  साथ सहयाेग प्रदान गर्दै आएकाे थियाे ।
अर्घाखाँची पाेली क्लिनिककाे सेवा  आफ्नै भवनबाट
यसरी स्वास्थ्य क्षेत्रबाट सामाजिक सेवाकाे कार्यमा संलग्न लुहेस्काेले  संस्थाकाे १२ औ  साधारण सभा र चाैथाे अधिवेशन सम्पन्न गरेकाे छ ।  जसको  वर्तमान कार्य समिति अध्यक्षतामा संगीता बेल्बासे रहनु भएको  संस्थाका पूर्व अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार तिलक मिश्रले जानकारि दिनु भएको  छ ।

अन्य समाचारहरु