बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे २० हजारसम्म जरिवाना तिर्नुपर्ने !

काठमाडौं । ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई कारबाही गर्ने भएको छ । म्याप हेर्न वा फोटो/भिडिओ खिच्नका लागि बाइकमा माेबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएकाे भन्दै ट्राफिक प्रहरीले देशैभर यसकाे प्रयाेगमा निषेध गरेकाे हाे ।

“सवारी साधनमा कुनै पनि परिवर्तन जस्तै; स्वरूप परिवर्तन, रङ्ग परिवर्तन, नयाँ पाटपूर्जा थपघट गर्नु कानूनतःः प्रतिबन्धित छ,” ट्राफिक प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद का अनुसार , “त्यसमा स्ट्यान्ड जोड्नु पनि मोडिफाई गर्नुभित्र पर्छ ।”


“सवारी साधनमा कुनै पनि परिवर्तन जस्तै; स्वरूप परिवर्तन, रङ्ग परिवर्तन, नयाँ पाटपूर्जा थपघट गर्नु कानूनतःः प्रतिबन्धित छ,” ट्राफिक प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसादका अनुसार , “त्यसमा स्ट्यान्ड जोड्नु पनि मोडिफाई गर्नुभित्र पर्छ ।”

बाइकमा कुनै पनि किसिमको मोबाइल स्ट्यान्ड राख्दा वा अन्य मोडिफाई गर्दा ट्राफिक प्रहरीले ५०० देखि दुई हजार रुपैयाँसम्म जरिवाना तिराउने उनले बताए ।

यदि थप अटेर गरे वा नियम नमानेकाे पाइएमा यातायात कार्यालय पठाइने उनकाे भनाइ छ ।

“यातायात कार्यालय पठाएको खण्डमा न्यूनतम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ। टेकपानाले उल्लेख  गरेको छ।