आज दिउँसो र राति भारी वर्षाकाे सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ।
आज (बिहिबार) बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रहेकाे छ । साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
बिहिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बिहिबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।