सुभाष ज्ञवाली
छत्रदेब -१ ,अर्घाखाँची।
केही समय पहिले एकजना महिला साथी सङ्ग भएको अनौपचारिक कुराकानीले कताकता मेरो मनमा कौतुहल्ता लागि रहयो मैले त्यत्तिकै गफैगफमा तिमी र तिम्रो परिबार आर्थिक हिसाबले अगाडी छौ।
त्यसैले तिम्रो र मेरो आर्थिक हैसियत मिल्दैन भनेको कुरामा उनको जबाफ थियो। हुनत पारिबारिक रुपमा तपाईंको भन्दा आर्थिक रुपमा हाम्रो परिबार केही माथी होला तर म आफू सन्तुष्ट छैन । श्रीमान् कमाएर ल्याउनु हुन्छ मलाइ घरबाट टाढा जान र आफै केही गर्न दिनुहुन्न ,यसबाट, के बुझिन्छ भने केही महिला आफै केही गर्न खोजिरहनु भएको छ। तर पारिबारिक कारणले खुम्चिनु परेको छ ।
तर केही महिला परिबारबाट केही गर्नुपर्छ भन्ने बाताबरण हुँदा हुँदै पनि कोहि कसैको आडमा आफ्नो दम्भ देखाइरहेका छन। जस्तै आफ्नो माइतीघरको आर्थिक अबस्था कस्तो छ ? श्रीमान्को आम्दानी कति छ ? कति लगानीमा मोबाइल किनेर चलाको छ ? आफ्नो श्रीमानलाई आफ्नो नियन्त्रणमा राखी परिबारमा आफ्नो हैकमवादी चलाउन खोजेको छ ? यी यस्ता प्रश्न र यसको जबाफ समाजको लागि अनुत्तरित बन्दैगएका छन । अरुको लगानीमा आफ्नो रबाफ देखाउनु क्षनिक आनन्द आउला तर त्यसले आत्मसन्तुष्टि पक्कै आउदैन होला, जस्तो लाग्छ ।
त्यसैले अरुको पछि लागेर हैन आफ्नो खुट्टामा उभ्भिने प्रयास गर्नुस ।। माइतीघरका दाइले बिदेशबाट ल्याइदिएको ७५०००/- को र आफ्नो श्रीमानले किनिदिएको ३५०००/- को मोबाइल भन्दा आफ्नो कमाइले ५०००/- को मोबाइल किनेर चलाएर हेर्नुस त कुन अबस्थामा बढी सन्तुष्ट आउँछ ? यो कोहि ब्यक्ति बिशेषलाई लक्षित गरिएको हैन । यसलाई नकारात्मक रुपमा भन्दा उत्प्रेरणाको रुपमा लिइदिनु भए अझै बढी आभारि हुने थिए ।
अहिले हिजोको आमाहरुको जस्तो बेला छैन । महिलाहरु पुरुष भन्दा कुनै पनि कुरामा पछाडि छैनन र यसो गर्दा समाजमा महिलालाई दोश्रो दर्जाको रुपमा हेर्न पनि छोडन समाज बाध्य हुन्छ ।।। आज परेको ऋषि पन्चमी पर्बले महिलालाई समाजमा अझै अगाडि बढने उत्प्रेरणा प्रदान गरोस असिम सुभकामना !