काङ्ग्रेस नेता पौडेललाइ सांसद बन्ने लोभ लागेन ।

– अर्घाखाची डट्कम सम्बाददाता । 
नेपाली काँग्रेस अर्घाखाँचीका नेता इन्द्रमणी पौडेलले आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा आफुलाइ संसदको मोह नभएको बताएका छन् । राजनितिक बृतमा उम्मेद्बारी सन्दर्भमा चर्चा चलिरहदा उनले आफुलाइ कुनै लाभको पदमोह नभएको बताएका हुन । नेपालि कांग्रेस अर्घाखाँचीका क्षेत्रीय समितिहरुले बिभिन्न ब्यक्ति सिफारिश गर्ने क्रम चलिरहदा पौडेल भने यो दौड बाहिर आफुलाइ उभ्याएका हुन ।
पौडेलले भदौ १६ गते प्रेस विज्ञप्ती जारी गर्दै  १४ औं महाधिवेशनमाा गरेका प्रतिवद्धता अनुसार नै आफु कुनैपनि लाभको पदमा नलागी संगठनको काममा लाग्ने संकल्प गरेको भन्दै अवका चार वर्ष संगठनको काममा बाहेक अन्यत्र ध्यान नदिने बताएका हुन् ।
       उनले बिज्ञप्तिमा भनेका छन “नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा म जिल्ला सभापतिमा उम्मेदवार बन्दैगर्दा आगामी चार वर्ष कुनै लाभको पद नलिई पार्टी र संगठनको काम गर्ने प्रतिवद्धता जाहेर गरेको कुरा मेरो संकल्प पत्रमा उल्लेख भएको सर्वविदितै छ ।”  पौडेलले थपेका छन् “धेरै शुभचिन्तक साथीहरुले तपाई उम्मेदवार बन्नुपर्छ भनिरहेको अवस्थामा मैले यसपटकको प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारी नदिने कुरा यसै विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छु ।”
काङ्ग्रेस नेता पौडेललाइ सांसद बन्ने लोभ लागेन  ।
             नेता पौडेल काङ्ग्रेसको चौधौं महाधिवेशनमा नेपाली काँग्रेस अर्घाखाँचीको सभापतिका उम्मेदवार थिए । सोहि महाधिवेशन बाट  केशव श्रेष्ठ जिल्ला सभापतिमा निर्वाचित हुँदा पौडेल उपविजेता बनेका थिए ।

अन्य समाचारहरु