एमाले अर्घाखाँची प्रदेश सभा (ख) बाट रामजी प्रसाद घिमिरे सर्वसम्मत उम्मेदवार चयन

हिम लेकाली ,अर्घाखाँची ।
आगामि मंसिर ४ गते  हुने प्रदेश सभा निर्वाचनका लागि   अर्घाखाँची  प्रदेश सभा (ख ) बाट रामजी प्रसाद घिमिरे   नेकपा एमालेकाे तर्फबाट  सर्वसम्मत    उम्मेदवार चयन हुनु भएको  छ ।
एमाले अर्घाखाँची प्रदेश सभा (ख) बाट  रामजी प्रसाद घिमिरे  सर्वसम्मत उम्मेदवार चयन
नेकपा एमाले २ नं. प्रदेश निर्वाचन क्षेत्रीय समन्वय  कमिटीको  आईतबार मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा बसेकाे   बैठकले नेकपा (एमाले) लुम्बिनी प्रदेश सचिवालय सदस्य , पूर्व  जिल्ला कमिटि  अध्यक्ष   समेत रहनुभएका  घिमिरे लाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हाे । 
एमाले अर्घाखाँची प्रदेश सभा (ख) बाट  रामजी प्रसाद घिमिरे  सर्वसम्मत उम्मेदवार चयन
यस अघि साेहि क्षेत्र बाट प्रदेश सांसद हुनु भएका घिमिरे ले २०७४ सालकाे निर्वाचनमा  नेपाली  काँग्रेसका उम्मेदवार  हिम्मत बहादुर टण्डनलाइ  पराजित गर्दै   २६  हजार भन्दा बढि मत ल्याई बिजयी हुनु भएको  थियाे ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले  मुलुककाे शुसासन , सम्बृद्धि ,राष्ट्रियताको रक्षा को निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो । 
एमाले अर्घाखाँची प्रदेश सभा (ख) बाट  रामजी प्रसाद घिमिरे  सर्वसम्मत उम्मेदवार चयन
वर्तमान गठबन्धन    परमादेशी  सरकारका कारण मुलुकमा  ,भ्रष्टाचार बढेको , शुसासनकाे अन्त्य भएको  ,विकास निर्माण ठप्प भएको   र महंगीले आकास छाेएकाे  आदि कारण ले ५ दलिय गठबन्धनलाई जनताले निर्वाचनमा परास्त गर्ने बताउनुभयो । उहाँले नेकपा एमालेकाे शक्ति देखेर देशि तथा बिदेशि पूजीबादि तथा साम्राज्यवादी शक्तिहरू समेत डराएकाे  स्थानीय चुनावमा  प्राप्त लाेक प्रिय मत उनीहरूकाे निद हराम गरेकाे बताउँदै  सम्पूर्ण नेता कार्यकर्ताहरू ला ई     उच्च    मनाेवलका साथ     आसन्न संघ र प्रदेशकाे चुनाबमा घनिभुत भएर लाग्न निर्देशित गर्नु भयाे  ।  
एमाले अर्घाखाँची प्रदेश सभा (ख) बाट  रामजी प्रसाद घिमिरे  सर्वसम्मत उम्मेदवार चयन
नेकपा एमाले २ नं. प्रदेश समन्वय कमिटीका संयोजक रामचन्द्र   पाख्रेल काे   अध्यक्षता ,  कमिटीका सचिव कृष्ण प्रसाद श्रेष्ठ तथा  सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल काे संयुक्त सन्चालनमा सम्पन्न कार्यक्रममा ,एमाले केन्द्रीय कमिटीका सदस्य तथा सह-ईन्चार्ज चेतनारायण आचार्य ,एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य    नजिर मियाँ  ,नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजी प्रसाद घिमिरे ,जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई अत्यधिक बहुमतले बिजयी गराउनुपर्ने बताउनुभयो ।
एमाले अर्घाखाँची प्रदेश सभा (ख) बाट  रामजी प्रसाद घिमिरे  सर्वसम्मत उम्मेदवार चयन
बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समग्र योजना निर्माण र परिचालनको निम्ति  प्रदेश निर्वाचन क्षेत्र नं.-२  मा नेकपा एमाले   प्रदेश कमिटी सदस्य जिवनारायण काेईराला  को संयोजकत्वमा  पाँच सय पचपन्न   सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ ।
परिचालन कमिटीमा प्रदेश सल्लाहकार परिषद्का सदस्य ,क्षेत्र भित्रका जिल्ला सदस्य,क्षेत्रीय कमिटी ,पालिका कमिटीका  पदाधिकारी ,वडा कमिटीका अध्यक्ष ,जनसंगठनका केन्द्र र प्रदेश कमिटीका सदस्यहरु तथा जिल्ला कमिटीका अध्यक्ष ,काठमाडौं र रुपन्देही सम्पर्क  मञ्चका पदाधिकारी,लुम्बिनी सम्पर्क समन्वय कमिटीका सदस्यहरु रहेका छन् ।
एमाले अर्घाखाँची प्रदेश सभा (ख) बाट  रामजी प्रसाद घिमिरे  सर्वसम्मत उम्मेदवार चयन
यसैगरी बैठकले क्षेत्रीय समन्वय कमिटीका संयोजक रामचन्द्र पाेख्रेलकाे   संयोजकत्वमा एक हजार एक सए एघार   सदस्यीय  क्षेत्रीय प्रचारप्रसार कमिटीको निर्माण गरेको छ ।
यस कमिटीकाे  सदस्यमा क्षेत्रीय कमिटीका सदस्य ,पालिका कमिटीका सदस्य ,वडा कमिटीका सदस्य,जन संगठनका जिल्ला तथा पालिका कमिटीका सदस्य एवं वडा पदाधिकारीहरु  रहेका छन् ।
एमाले अर्घाखाँची प्रदेश सभा (ख) बाट  रामजी प्रसाद घिमिरे  सर्वसम्मत उम्मेदवार चयन
यसैगरी बैठकले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य  प्रेम गैरेकाे  संयोजकत्वमा एघार  सदस्यीय आर्थिक व्यवस्थापन परिचालन कमिटी  गठन गरेको छ।
बैठकले पालिका तथा वडा तहसम्म असौज-१५ गतेसम्म निर्वाचन परिचालन ,प्रचारप्रसार ,स्वयंसेवक परिचालन ,आर्थिक व्यवस्थापन समिति गठन गर्ने लगायतका निर्णय गरेको एमाले जिल्ला कार्यालय सचिव लिलबहादुर बि.क. जानकारी दिनु भएको  छ ।

अन्य समाचारहरु