– सुर्य प्रसाद भुसाल ।
सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले शुशासन पार्दर्शिता आफ्नो पहिलो प्राथमिकता रहेकोले सोही उदेश्य अनुसार मुस्कान सहितको सेवा सेवाग्राहीलाई दिन कर्मचारीलाई निर्देशन दिनु भएको छ ।
यस अघि भिरकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत भुसाल नेपाल सरकारका उप–सचिव हुनुहुन्छ । उहाँसंग यस अघि विभिन्न जिल्लामा कुशलता पुर्वक कार्यकारीको रुपमा काम गरेको अनुभव छ भने संघीय सरकारका विभिन्न मन्त्रालयमा पनि कार्य गरेको अनुभव रहेको छ ।
सन्धिखर्क नगरपालिकामा कर्मचारी वार्डका सचिब बिषयगत शाखाका प्रमुख तथा कर्मचारीलाई निर्देशन दिदै प्रमुख प्रशासकीय अधिकृत भुसालले ऐन कानुनको परिधि भित्र रहेर जनप्रतिनिधि सहित सरोकारवाला सबैसंग सहकार्य गर्दै सन्धिखर्कलाई सुशासन, पारदर्शिता र जवाफदेहीता मैत्री नगरपालिकाको रुपमा पहिचान दिलाउने गरि काम गर्न आफू लागि परेकाले सोही अनुसार काम गर्न आग्रह गर्नु भएको हो ।
भुसालले सेवाग्राही मैत्री नगरको विकासका लागि आफ्नो सदैव पहल रहने बताउदै यसका लागि नगरवासी सबैले साथ दिनेमा विश्वस्त रहेको बताउनुभयो ।
जुनसुकै कार्य गर्दा पनि परिणाममुखी हुनुपर्नेमा जोड दिंदै नगरको विकास र नगरवासीको काम सहज रुपमा हुनु नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनु भयो ।
मुस्कान सहितको सेवा दिएर सेवाग्राहीलाई छिटोछरितो काम दिनका लागि सबै कर्मचारीलाई निर्देशन दिएको बताईएको छ ।