स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

-अर्घाखाँची डट्कम सम्बाददाता ।
निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन, जिल्ला कार्य समिति, अर्घाखाँचीले नियमितरुपमा गर्दै आईरहेको स्वागत तथा विदाई कार्यक्रम एक समारोहका बिच सम्पन्न गरेको छ । अन्य समय भन्दा यस पटक विशेष किसिमले स्वागत तथा विदाई गरेको थियो ।
 स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
जिल्लामा क्रियाशिल ट्रेड युनियनका अध्यक्षा तथा पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा सालझण्डी- सन्धिखर्क- ढोरपाटन सडक आयोजनाका आयोजना प्रमुख सिडिई वीरेन्द्र प्रसाद गौतमको बिदाई, उक्त कार्यालयमा आएका ईन्जिनियर सरद आचार्य र सब-ईन्जिनियर सरोज गौतम र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका क.अ.रणमाया कुमारी  चौधरीको स्वागत गरेको थियो । 
 स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
जिल्लामा रहँदा बस्दा सबै कर्मचारी संघ संगठन तथा आधिकारीक ट्रेड युनियन लगायत सेवाग्राहीलाई समेत समान व्यवहार गर्ने आयोजना प्रमुखलाई विदाई गर्नको लागि सम्पूर्ण ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु समेतको उपस्थित रहेको कार्यक्रममा युनियनका अध्यक्ष माधव अर्याल, संगठनका गणेश भण्डारी, रा.क.स.का सचिव माधव भुसाल, जलश्रोत तथा  सिंचाई विकास डिभिजन कार्यालयका रामजी प्रसाद भट्टराई, करार तथा ज्यालादारी कर्मचारी लुम्बिनी प्रदेश उपाध्यक्ष सुदीप जि.सी., आधिकारिकका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । 
 स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
विदाई मन्तव्य राख्दै विदाई भएर जान लाग्नु भएका सिडीई वीरेन्द्र प्रसाद गौतमले यस जिल्लामा रहँदा बस्दा कार्यालय प्रमुख, पत्रकार, सेवाग्री, कर्मचारीका संगठनबाट हरपल सहयोग पाएरै काम अगाडि बढाउन सकेको बताउँदै हालसालै मात्रै १ अर्ब रुपैया जत्तिको ठेक्का लगाएको कुरा बताउनु भएको थियो । साथै आफू जहाँ रहे पनि संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग र सदभाव सधै रहीरहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । 
 स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
कार्यक्रम अध्यक्ष कृष्ण वर्मको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद डुम्रेको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु