-अर्घाखाची डट्कम सम्बाद्ददाता ।
पाणिनिमा प्रतिशोधको राजनितिका कारण काेभिड राहत कार्यक्रम अन्तर्गत आएकाे ४४ लाख बराबरकाे बजेट फ्रिज भएकाे छ।
स्थानिय वडाहरुबाट सिफारिस भै कार्यान्वयन हुने समयमा राजनैतिक दलहरुकाे आपसि मतभेद र स्वार्थका कारण काेभिडबाट पिडित परिबारले पाउनु पर्ने जनहि १० हजार बराबरकाे राहत कार्यक्रमबाट पाणिनिका पिडितहरु बन्चित भएका छन । याे पणिनिकै लागि दुखद कुरा हाे।
राहत कार्यक्रममा केहि निस्चित मापदण्डहरु छन । तर राजनेैतिक स्वार्थका कारण पिडित परिवार भन्दा राजनैतिक चलखेल हाबि हुदा कुनै वडाहरुमा वास्तविक पिडित यस राहत कार्यक्रमबाट नै बन्चित भएकाे पनि कतिपयले गुनासाे गरेका थिए ।
यस्तै असन्तुष्ट केही पक्षले अख्तियारमा मुद्दा समेत दर्ता गरे संगै पाणिनिमा गठबन्धन र नेकपा एमाले आपसि मतभेद र प्रतिशोधकाे राजनितिले अन्तिम अबस्थामा राहत कार्यक्रमबाट पिडितहरु बन्चित हुनपरेकाे हाे ।
स्मरणरहोस , याे निवेदनमा रहेका अन्जलि विक पारिवारिक महिला रहेकाे र चन्द्रकला क्षेत्रि अविवाहित एकल भत्ता नखाएका महिला हुन ।निवेदन दिनेले सम्म नवुझि निवेदन दिएकाे देखिन्छ ।यसरि नवुझि कसैलाई आच पुग्ने गरि किन निवेदन दिइयो , साे समेत छानविन गर्न आबस्यक देखिन्छ।