एमालेको निर्वाचन केन्द्रित पहिलो कार्यक्रम धन्चौरबाट शुरु।

– प्रेम नारायण गैरे  
अर्घाखाँची जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र न. २ का नेकपा (एमाले)का सुर्य ध्वजाबाहक उम्मेदवार रामजी प्रसाद घिमिरेको निर्वाचन केन्द्रित आन्तरिक तैयारीको औपचारिक कार्यक्रम भुनपा १० धन्चौर(बिगतमा एमालेले पार्टी काममा नमूना गाबिस घोषणा गरेको साबिक धन्चौर गाबिस)का अगुवा कार्यकर्ताहरुलाइ निर्वाचन केन्द्रित प्रशिक्षण दिएर शुरु गरिएको छ।
एमालेको निर्वाचन केन्द्रित पहिलो कार्यक्रम धन्चौरबाट शुरु।
नेकपा (एमाले) १० नम्बर वडा कमिटी भुमिकास्थान वडा नम्बर १० को आयोजनामा धन्चौरमा रहेका पार्टीका विभिन्न कमिटी र बिभागका नेताहरू,वडा कमिटी, टोल कमिटी र जनसंगठनका कमिटीमा संगठित २०० नेताहरूको उपस्थिती रहेको
एमालेको निर्वाचन केन्द्रित पहिलो कार्यक्रम धन्चौरबाट शुरु।
 अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश सभाका माननीय साम्सद,मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा अर्घाखाँची (ख)का एमालेका उम्मेदवार रामजी प्रसाद घिमिरे, पार्टी जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल,लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरे,जिल्ला कमिटी सदस्य तथा नगर पार्टी इन्चार्ज खगेस्वर पन्थी,नगर कमिटी अध्यक्ष मणि पौडेल लगायतका नेताहरूले विभिन्न बिषयमा प्रशिक्षण दिनुहुदै निर्वाचनमा केन्द्रित भएर लाग्न मार्ग निर्देश गर्नुभएको थियो।
एमालेको निर्वाचन केन्द्रित पहिलो कार्यक्रम धन्चौरबाट शुरु।
वडा कमिटी अध्यक्ष रेशम जिसीको अध्यक्षता,सचीव गुन बहादुर जिसीको संचालन,उपाध्यक्ष जित बहादुर नेपालीको स्वागत मन्तव्य रहेको यश भेलामा पार्टी जिल्ला कमिटी सदस्य जनकलाल गैरे र बसन्ता पौडेल,जिल्ला सल्लाहकार परिषद सचीव खेमराज चुदाली,सदस्य रुद्र चुदाली,बोमकला बिक,नगर सचीव टामलाल भट्टराई,क्षेत्रीय सदस्य पुनाराम भट्टराई,नगर कमिटी सदस्य एवं वडा इन्चार्ज इश्वरी मरासिनी अनेम संघ नगर अध्यक्ष राधिका गैरे, लगायतका नेताहरूको आतिथ्यता रहेको थियो।

अन्य समाचारहरु