-श्याम घिमिरे,
अर्घाखाँची-
हिन्दूधर्म रक्षा परिषद् नेपाल अन्तर्गत,हिन्दू जागरण युवा स्वयंसेवक जिल्ला समिति अर्घाखाँची र हिन्दू जागरण युवा स्वयंसेवक मालारानी गाउँपालिकाको संयुक्त आयोजनामा मालारानी ६ हंसपुरको रतनमारेमा सनिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिबिरमा ३ सय ११ जनाले स्वास्थ्य चेकजाँच गराएको संस्थाका जिल्ला अध्यक्ष नारायण बहादुर खड्काले जानकारी दिनुभयो । शिबिरमा झण्डै १ लाख ५० हजार बराबरको औषधि र ल्याब सेवा निशुल्क रुपमा प्रदान गरीएको संस्थाका सदस्य सुर्य थापाले बताउनु भयो ।
यसअघि शिबिरको उद्घाटन गर्दे मालारानी गाउँपालीका वडानं.५ का वडाअध्यक्ष तथा मालारानी गाउँपालीकाका प्रबक्ता तिलक मिश्रले हिन्दूधर्म रक्षा परिषद् नेपालले गरेको उदाहरणीय कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
शिबिर उद्घाटन कार्यक्रम संस्थाका मालारानी गाउँपालीका अध्यक्ष हरीप्रसाद अधिकारीको अध्यक्षता, रोमाहर्श खनालको स्वागत मनतव्य र ईश्वरी पोख्रेलको सञ्चालनमा सम्पन्न भएको संस्थाका सचिब बाबुराम खत्रिले जानकारी दिनुभयो ।
शिबिरमा चिकित्सक सहित झण्डै २५ जनाको टिमले सेवा दिएको हिन्दूधर्म रक्षा परिषद् नेपालका केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालले बताउनुभयो । शिबिरमा मालारानी गाउँपालीका वडानं.६,७,८ र ९ का स्थानिय बासीहरुले सेवा लिएको संस्थाका सदस्य शालीक चुँदालीले जानकारी दिुनुभयो । गाउँघरमै विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरमा चेकजाँच गराउन पाउदा स्थानियहरु खुसी भएका थिए ।