– गंगासागर खड्का ,अर्घाखाची डट्कम ।
सन्धिखर्क नगरपालिका वार्ड नं – ७ श्री आदर्श मा.वी खाँचीकोटले आज आफ्नो ६८ औं बार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ । अभिभावकहरुको ब्यापक उपस्थितमा सपन्न भएको उक्त कार्यक्रममा नगर शिक्षा युवा तथा खेलकुद प्रमुख मन्जु आचार्यको प्रमुख अथिति , शिक्षक टोपलाल पोख्रेलको स्वागत मन्तव्य , शिक्षक मोहन पुरीको संचालन , वडा अध्यक्ष चुरा बहादुर केसीको बिषेश मन्तब्य , प्रधानाध्यापक डिल्लीराज थापाको अध्यक्षता र समापनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा शिक्षक टोपलाल पोख्रेलले शिक्षालाइ थप सुधार बनाउन अभिभावक , शिक्षक र विद्यार्थीले मैत्रीपूर्ण हातेमालो गर्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा पुर्व शिक्षकहरु इमान सिङ टन्डन , नारायण बेलबासे , चुरा बहादुर केसी लगाएतका शिक्षकहरुलाइ सम्मान तथा बिदाई गरिएको थियो । पूर्व शिक्षक गणेश थापा स्वास्थ्यमा आएको समस्याको कारण उपस्थित हुन सक्नु भएन ।
कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा शिक्षक तथा प्र.अ. डिल्लीराज थापाले शिक्षालाइ थप सुधार बनाउन सबै क्षेत्रबाट सल्लाह सुझाव र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । वहाले अब बिधार्थी मात्र हैन शिक्षक पनी पृरस्कृत हुनुपर्छ भन्दै ,निकै गहकिलो भनाइ ब्यक्त गर्नु भयो । बोल्ने क्रममा शिक्षक टुल्क बहादुर थापाले शिक्षामा कुनै पनि त्रृटी भए सबै मिलेर समन्वय गर्नु पर्ने बताउनु भयो । पुर्व शिक्षक शोभाखर पुरीले बोर्डीङ जाने बिधार्थीलाइ यही बिधालयमा पठाउने कुरामा जोड दिदै , बिधालयका कमी कमजोरी भए सुधारका लागी अभिभावकको पनी महत्वपूर्ण भुमिका रहने बताउनु भयो ।
वडा अध्यक्ष चुरा बहादुर केसीले यो बिधालयलाइ चाहिने साथ सहयोगमा कुनै पनि कसूर बाकी नराख्ने भन्दै आगामी शैक्षिक सत्रमा आफ्नो छोराछोरीलाई पनि यसै बिधालयमा पठाउने प्रतिबद्धता जाहेर गर्नु भयो। वहाले आफना महत्वपूर्ण भनाइ राख्दै ,अब बोर्डीङमा जाने बिधार्थीको घर-घरमा आफु पनी स्वयंम गएर यही बिधालयमा आकार्षित गर्ने छु भन्दै आफ्नो महत्वपूर्ण भनाइ ब्यक्त गर्नु भयो ।
प्र.अ. डिल्लीराज थापाले बिधालयको प्रतिबेदन प्रस्तुत गर्दै यो विद्यालयले धेरै चुनौती सङ्ग सामाना गर्दै यहा सम्म आइपुग्दा यो विद्यालयले धेरै हस्तीहरु जन्माएको भनाइ राख्दै यो विद्यालय लाइ थप अग्रगामी दिशामा लैजानको लागी बिभिन्न संघसस्था, क्लव , भु.पु. बिधार्थी , सन्चारकर्मी हरु सबै गोलबन्द भइ सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
सो कार्यक्रममा गरिब तथा जेहेन्दार दलित लगायत बिभिन्न बिधार्थी लाइ उचित छात्रवृत्ति पनी बितरण गरिएको थियो।