-चितवन ,सम्बाददाता ।
जंगली जनावरको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ। गाइबस्तु चराउन जाने क्रममा माडी नगरपालिका-२ ढिकुनेका ६८ वर्षीय सुर्यनाथ अधिकारीको मृत्यु भएको हो।
शनिबार साझबाट बेपत्ता भएका उनको शव जनावरले खाएको अवस्थामा फेला परेको हो। सुर्यनाथ २५ वर्षका छोरा होमबहादुर अधिकारीसँगै जि.चि अमिलियाको मध्यवर्ती सामुदायिक वन अमलियामा भैंसी चराउन गएका थिए। बेलुका छोरा फर्कंदा पनि सुर्यनाथ नफर्किएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए।
खोजतलासको क्रममा आइतबार बिहान साढे आठ बजे शव फेला परेको हो। शवको प्रकृति हेर्दा बाघले खाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी बिजयराज पण्डितले बताए ।अन्नपूर्णपोस्टले उल्लेख गरेको छ।