हर्क साम्पाङले स्थानीय निर्वाचनका बेला गरेका वाचा पुरा गरे, धरानमा पुग्यो पानी

काठमाडौँ । स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले त्यो वाचा पूरा गरेका छन् ।
निर्वाचनमा जनतामाझ आफूले गरेको वाचा धरान बजारमा खानेपानी पुर्‍याएर पूरा गरेका हुन् । धरानमा लामो समयदेखि अभाव हुँदै आएको खानेपानी उनले आपूर्ति गराए ।
सोमबार धरानको बजारमा खानेपानी ल्याएपछि उनले खुसी व्यक्त गरेका छन् भने स्थानीयहरू पनि निकै हर्षित भएका छन् । सर्दु, खर्दु निशाने मुहानको खानेपानी शहरमा आएपछि धरानमा सबै मिलेर खुसी मनाएका हुन् ।
उनले धरान ल्याइएको पानीको फोहोराको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै खुसी साटेका छन् । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौँ, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडिओसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’ उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।रातो पाटिले उल्लेख गरेको छ।