सन्धिखर्क नगरपालिका १ का टोल सुधार समितिलाई ड्रागन फ्रुटको विरुबा वितरण

– अनिल नेपाली 
सन्धिखर्क नगरपालिका वडा नं १ द्वारा आ. ब २०७९ र ८० वडा स्तरिय फलफूलको विरूवा वितरण कार्यक्रम अन्तर्गत  रु ५०००० मध्येबाट खरिद भई आएका  ड्रागन फ्रुटको ६५० बिरुवा स न पा १ मा रहेका ३० ओटा टोल विकास संस्थाहरूलाई आज एक कार्यक्रमका बीचमा हस्तान्तरण गरिएको थियो ।
सन्धिखर्क नगरपालिका १ का टोल सुधार समितिलाई ड्रागन फ्रुटको विरुबा वितरण
 कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिका वडा न १ का अध्यक्ष माधब श्रेष्ठले कृषि क्षेत्रको विकासको लागि आफुहरु दिन रात नभनी लागेको बताउदै ड्रागन फ्रुटको खेतीलाई सुरुमा परिक्षणको रुपमा सुरुवात गरेता पनि यसलाई व्यबसायिक बनाउन आबश्यक रहेको बताउदै ड्रागन फ्रुटको फल गर्मी र सुख्खा हावापानीमा हुने सिउडी प्रजातिको फलफुल भएकोले यसलाई व्यबसायिक बनाउन आबश्यक रहेको बताए । 
सन्धिखर्क नगरपालिका १ का टोल सुधार समितिलाई ड्रागन फ्रुटको विरुबा वितरण
कार्यक्रममा टोल सुधार समितिका तर्फबाट कार्यक्रममा पशुपति ढकालले मन्तब्य राख्दै ड्रागन फ्रुटको  विरुवा देख्दा सामान्य देखिएता पनि यसलाई व्यबसायिककरण गर्न सकेमा मनग्य  आम्दानी गर्न सकिने बताउदै ड्रागन फ्रुटले प्राणघात रोग क्यान्सर जस्ता रोगलाई पनि न्युनिकरण गर्न सकिने बताए ।
सन्धिखर्क नगरपालिका १ का टोल सुधार समितिलाई ड्रागन फ्रुटको विरुबा वितरण
 कार्यक्रममा ड्रागन फ्रुटको खेती गरेका अगुबा कृषक मेगराज भट्टाराईले कम समय कम मेहेनतमा मनग्य आम्दानी गर्न सकिने बताए ।
सन्धिखर्क नगरपालिका १ का टोल सुधार समितिलाई ड्रागन फ्रुटको विरुबा वितरण
 कार्यक्रम वडा न १ का अध्यक्ष माधब श्रेष्ठको अध्यक्ष्ता बडा सचिब धर्मराज भुसालको सञ्चालन वडा सदस्य सुनिता श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडा सदस्य बाबुराम पन्थी श्रीधर मुखिया लगायतको आतिथ्यता रहेको थियो  ।

अन्य समाचारहरु