-अनिल नेपाली ,अर्घाखाची डट्कम ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा ५८ औँ राष्ट्रिय बाल दिबस आज गित तथा नृत्य प्रतियोगिताको बीचमा सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिका महिला तथा बालबालिका जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न कार्यक्रमको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गनुभएको थियो।
कार्यक्रमको उद्घाटन गदै नगर प्रमुख श्रेष्ठले बालबालिकालाई अध्यारोबाट उज्यालो तर्फ उन्मुख गराएर शिक्षाको पहुँचमा ल्याउनु आजको आबरयकता भएको बताउदै अझै पनि सडकमा रहेका केही बालबालिकाको उत्थानको लागि सबै लाग्नुपर्ने बताउदै बालबालिकालाई अभिभाबकीय भुमिका निर्वाह गरेर बालबालिकालाई साक्षर बनाउनु आजको प्रमुख आबश्यकता रहेको बताए ।
समाजलाई समृद्धि विकास तर्फ उन्मुख गराउनको लागि सबैले सहकार्य गरेर अगाडि बढनुपर्ने बताउदै आफु स्थानीय सरकारको प्रमुख भएकोले आफुले जहिले पनि अभिभाबकीय भुमिका निर्वाह गर्ने बताए । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न ८ का अध्यक्ष हुम प्रसाद बन्जाडेले बालबालिका अझै पनि शिक्षाको पहुँचभन्दा बाहिर रहनु गम्भीर चिन्ताको बिषय भएकोले बालबालिको उत्थानको लागि सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा १७ बटा सामुदायिक विधालयको सहभागिता रहेको प्रतियोगितामा गंगा आधारभुत विधालय प्रथम अर्घाखाँची आबशीय माध्यमिक विधालय, द्धितीय ग्रिन इङ्गलिय बोडिङ्ग स्कुल ,तृतीय र गौरीशक र ईङ्गलिस बोडिङ्ग स्कुल सान्तवना भएका थिए ।
प्रतियोगितामा प्रथम द्धितीय तृतीय र सान्तवना हुनेलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रम नगर उपप्रमुख मिश्रा आचार्यको अध्यक्षता शाखा प्रमुख बेलकुमारी परियारको स्वागत मन्तब्य तुलसा श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष ,सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो