नेपाली काङ्ग्रेसका पुर्व सभापति कमल प्रसाद भुसालले मङ्सिर ४ गते हुने सङ्घिय प्रदेस निर्वाचनमा पार्टि र गठबन्धनका उम्मेद्वार हरुलाई जिताउन सबै दत्तचित्त भएर लाग्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।
नेपाली काङ्ग्रेस भुमिका स्थान नगरपालिकाले नुवाकोटको पोखेडाडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै काङ्ग्रेस नेता भुसालले आउने चुनाबमा अर्घाखाँची जिल्ला गठबन्धनको लालकिल्ला हुने बताउदै चुनाबि महाअभियानमा लाग्न सबैलाई आग्रह गर्नु भएको हो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिब कृष्णप्रसाद खनालले सगठन मजबुत हुने गरि चुनाबि गतिविधिहरुलाई गाउँ टोलमा तिब्र पार्दै उत्साहित भएर चुनावी अभियानमा लाग्न सबैलाई अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस अर्घाखाँचीका पार्टि प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसाल नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि चन्द्रा गैरे नेपाली काङ्ग्रेसका नेता सङ्गिता बेल्वासे काङ्ग्रेस वार्ड सभापतिहरु रामप्रसाद घिमिरे मान बहादुर सुनार नारायण खत्रि स्थानिय नेताहरु रामप्रसाद दमासे जीवन घिमिरे नारायण घिमिरेले चुनाब केन्द्रित सुझाब राख्नु भएको थियोे ।
कार्यक्रम भुमिका स्थान नगरपालिकाका नगरसभापति खडानन्द बेल्वासेको सभापतित्व नगरसचिब मुकुन्द खनालको सन्चालनमा सम्पन्न भएको हो ।