विश्व मावि ढाकावाङ्गको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा खनाल सर्वसम्मत चयन

-टेकराज भुसाल
भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङ्गमा अवस्थित विश्व माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भाेजराज खनाल सर्वसम्मत चयन हुनुभएको छ।
विश्व मावि ढाकावाङ्गको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा खनाल सर्वसम्मत चयन
विद्यालय व्यवस्थापन समितिको आइतबार सम्पन्न बैठकले भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ का पुर्व वडाध्यक्ष समेत रहेका खनाललाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो।  
विश्व मावि ढाकावाङ्गको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा खनाल सर्वसम्मत चयन
 जस अनुसार समितिको सदस्यहरुमा क्रमश: विष्णुप्रसाद खनाल, लक्ष्मी खनाल, रमा खनाल, अमृता भुसाल (चुदाली) र गुरुदेव खनाल रहनु भएकाे छ। विद्यालय रहेको क्षेत्रको वडाध्यक्ष वा सदस्य विद्यालय व्यबस्थापन समितीमा रहने प्रावधान अनुरुप भुमिकास्थान १ का वडाध्यक्ष गाेपाल प्रसाद खनाल, पदेन सदस्य तथा शिक्षक प्रतिनिधिमा रुद्रमणि खनाल र सदस्य सचिवमा प्राचार्य गाेपाल प्रसाद आचार्य रहनु भएको छ । 
विश्व मावि ढाकावाङ्गको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा खनाल सर्वसम्मत चयन
यसैविच नवनिर्वाचित अध्यक्ष भाेजराज खनालले विद्यार्थी, शिक्षक र अभिभावक विचको त्रिकोणात्मक सम्वन्धलाई सुमधुर र सुदृढ बनाउदै विश्व माध्यमिक विद्यालयलाई नमूना र उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न क्रियाशील रहने बताउनुभएको छ।