– अनिल नेपाली ,अर्घाखाँची
अर्घाखाँची जिल्लामा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि संविधान दिवस २०७९ को अबसरमा शुभकामना आदान प्रदान तथा पुरस्कार बितरण गरी सविधान दिबस मनाईएको छ । ८ औं संविधान दिवसको अबसरमा तीन दिवसिय कार्यक्रम अन्तरगत ब्याड्मिन्टन प्रतियोगिता , कुर्सी दौड प्रतियोगिता , भलिबल प्रतियोगिता लगायतका कार्यक्रम गरिएको हो ।
प्रतियोगीता सम्पन्न प्रश्चात डिभिजन बन कार्यालय अर्घाखाँचीको सभाहलमा प्रबचन कार्यक्रम तथा बिजेता तथा उपबिजेताहरु लाई प्रमाणपत्र तथा मेडलले सम्मान गरिएको थियो । कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै श्रेष्ठले नेपालको सविधानले नेपाली जनताको हक अधिकारलाई सुनिरिश्चत गरेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे , जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख तथा मुल समारोह समितिका अध्यक्ष जिबनारायण कोइरालाको अध्यक्षता भुमिकास्थान नगरपालिका आलेप अधिकृत हिमा न्यौपानेको स्वागत मन्तब्य तथा शेषकान्त घिमिरे ओसनको संचालनमा सम्पन्न भएको थियो । दिबसको पुर्बसन्ध्यामा अर्घाखाँची अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण समेत गरिएको थियो ।