आठौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस २०७९ को अवसरमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न [फोटो तस्बिर सहित ]

-अनिल नेपाली ,अर्घाखाची डट्कम। 
समाजसेवा तथा वातावरण र संस्कृति संरक्षण समुह (SSECPG) अर्घाखाँची र Ipas Nepal संगकाे साझेदारीमा स्वास्थ्य कार्यालय अर्घाखाँची र शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीकाे समन्वयमा आठौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस २०७९ काे अवसरमा “सुरक्षित गर्भपतन: अपराध हाेईन, अधिकार हाे” भन्ने नाराका साथ जिल्ला स्तरीय अन्तर मा.वि. वक्तृत्व कला प्रतियोगिता पाणिनि बहुमुखी क्याम्पस सन्घिखर्क अर्घाखाँचीमा  सम्पन्न  भएको छ। 
आठौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस २०७९ को  अवसरमा  वक्तृत्व कला प्रतियोगिता  सम्पन्न    [फोटो तस्बिर सहित ]
 कार्यक्रम  पाणिनि बहुमुखी क्याम्पसका क्याम्पस  प्रमुख बृद्विराम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे।   ११ बिधालयकाे सहभागीता रहेको कार्यक्रममा शारदा मा वि भूमिकास्थान-९ ढिकुरा कि छात्रा निमा खनाल प्रथम, द्माैसम रिजाल  शान्ति मा. वि. मालारानी-५ बांगी का छात्र दितिय, सरस्वती मा. वि. छत्रदेव-८ सूर्यथुमका छात्र सुगन श्रेष्ठ तृतीय ,हरिहर संस्कृत तथा साधारण मा.वि. पाणिनि-२ पाेखराथाेकका प्रन्सशा  पाेखेलले सान्त्वना स्थान हासिल गरेका थिए। 
आठौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस २०७९ को  अवसरमा  वक्तृत्व कला प्रतियोगिता  सम्पन्न    [फोटो तस्बिर सहित ]
 प्रतियाेगितामा प्रथम दितिय र तृतीय रसान्तवना स्थान हासिल गनेंलाई नगद प्रमाणपत्र सहित सम्मान गरिएको थियोे ।
आठौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस २०७९ को  अवसरमा  वक्तृत्व कला प्रतियोगिता  सम्पन्न    [फोटो तस्बिर सहित ]
कार्यक्रममा शिक्षा तथा समन्वय ईकाई प्रमुख मणिराम पराजुली, स्वास्थ कार्यालयबाट  गिता भुसाल , पाणिनि बहुमुखी क्याम्पस सहायक प्रध्यापक मन्जु खनाल लगायतकाे आतिथ्यता रहेको थियोे। कार्यक्रम लक्ष्मि पाैडेलकाे अध्यक्षता ,बाबुराम पाैडेलकाे सञ्चालनमा सम्पन्न भएको थियोे।
आठौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस २०७९ को  अवसरमा  वक्तृत्व कला प्रतियोगिता  सम्पन्न    [फोटो तस्बिर सहित ]

अन्य समाचारहरु