– गङ्गासागर खड्का
बडादशैंको बिषेश पावन अवसरमा अर्घाखाँचीको ऐतिहासिक शक्तीपिठ / तथा धार्मिक पर्यटकीय स्थल खाँचीकोटको कालिका भगवती मन्दिर परिसरमा योग बिशेषज्ञ आचार्य माधव पौडेल द्वारा निशुल्क योगा शिबिर संचालन हुने भएको छ ।
यही असोज १३ गते देखि २१ गते सम्म चल्ने योगा शिबिरमा स्थानीय लगायत नजिक/टाढाका भक्तजनहरूको ब्यापक उपस्थित हुने अनुमान गरिएको छ ।
यो सुरुवात सँगै तेहाका स्थानीयहरुमा योगा समन्धी ज्ञान आर्जन हुनुका साथै , राम्रो र सकरात्मक सन्देश प्रवाह हुने छ । योगा गर्नाले शरिरमा धेरै फाइदा हुने बिभिन्न रोगहरु समेत निको हुने योगा प्रशिक्षकहरु बताउदै आएका छन ।
खाँचीकोटको ईतिहासमा यो कार्यक्रम भने पहिलो पटक हो । यसले समाजमा सहिष्णुता बढाउने , देखी लिएर भरपुर कुराको फाइदा हुने गर्दछ । पायक पर्ने सबैलाई त्यहा उपस्थित हुन पुजारी हेमन खड्का , माधव पौडेल लगायतका गुरुहरुले सबैलाई सहर्ष आग्रह गर्नुभएको छ ।