-अर्घाखाँची डटकम, संवाददाता
नेपालीहरूकाे महान् चाड विजया दशमी शुभ दिपावली लगायत चाडपर्व नजिकिए सगै जिल्लामा बजार अनुगमन टोलिले बजार अनुगमन लाई तिव्र बनाएको छ।
आज जिल्ला स्थित सन्धिखर्क बजारमा खाधान्न तथा सेवा प्रदायक व्यापार व्यवसायको गुणस्तर तथा आधिकारिकता जाँच गर्दै अनुगमन गरेको छ।
जिल्लामा दर्ता विना संचालनमा रहेका विभिन्न खाधान्न,मासु तथा तरकारी पसल लगायत दर्ता विना संचालनमा रहेका स्वास्थ्य संस्था पनि अनुगमनमा तानिएका छन।
अनुगमनको क्रममा हालचालै संचालनमा रहेको न्यु निदान डेन्टल क्लिनिकले आबश्यक सन्चालन अनुमती प्रकृया पूरा नगरि सञ्चालन गरेकाे र डेेन्टल क्लिनिक सन्चालन गर्नको लागी आबस्यक न्युनतम कानुनी मापदण्ड पूरा गरि खाेल्न अनुराेध गदै ईजाजत पत्र नल्याए सम्म आफ्ना दैनिक सेवा सन्चालनका प्रकृया राेक्नका लागि अनुरोध गरिएको बताएको छ।
यसै गरी आज जिल्ला स्थित अनुगमन टोलिले ब्यापक रुपमा बजारमा अनुगमन गरेको छ। बजारमा दर्ता तथा गुणस्तर हिन सामाग्री बेच्ने पसलहरु कारबाहीको दाँयारामा आएका छन।
मुख्य तया चाडपर्व नजिकिए सगै आम सर्वसाधारण उपभोक्तालाई भ्रमित पार्ने गरि मिल्दोजुल्दो नाम राखी हालसालै सन्चालनमा आएको एक दन्त क्लिनिकले मनोमानी हिसाबले न्युनतम सन्चालन मापदन्ड [सन्चालन अनुमती बिना ] को पालना नगरी सन्चालन गरेकोमा उक्त न्यु निदान डेन्टल क्लिनिकलाई बन्द गराएको छ।
स्मरण रहोस् न्यु डेन्टल क्लिनिक पहिले देखि संचालनमा रहेको निदान डेन्टल केयर संग मिल्दोजुल्दो नाम दिएर सन्चालनमा आएको थियो ।