सन्धिखर्क नगरपालिका वार्ड नं -९ बैसाख रुखमा रहेको सिचाई पोखरिमा २७ वटा बादर पोखरिमा डुबेर मरेका छन। ।
जिल्ला बन कार्यालय अर्घाखाँचीका फरेस्टी दिपक पान्डेको नेत्रुत्वमा गएको टोलिले निरीक्षण गरेको थियो।
बादर पानी खान भनेर गएका पोखरी ठूलो भएको कारणले गर्दा बाहिर ननिस्कने अवस्था रहेको र एकले अर्कोलाई बचाउने क्रममा सबै बादर पोखरी भित्र पसेर मृत्यु भएको ,पोखरी जंगलको बिचमा रहेको कारणले गर्दा उनिहरुलाई समयमा उद्दार गर्न नसकिएको ,दिपक पाण्डेले बताए।
मरेका सबै बादरलाई जनप्रतिनिधि, प्रहरी ,स्थानीयबासि सबैको रोहबरमा दाह संस्कार गरिएको वार्ड सदस्य नारायण रायमाझीले बताएका छन् ।