खाँची त्रयोदशी मेला असोज २१ गते शुक्रबार हुने ।

-गंगासागर खड्का
अर्घाखाँची जिल्लाको धार्मिक तथा ऐतिहासिक खाँचीकोट त्रयोदशी मेला असोज २१ गते शुक्रबार हुने भएको छ।  बर्षौ र पुर्खा देखि चलि आएको यो मेला यसपाली  भने तिथी घटबढका कारण असोज २१ गते शुक्रबार हुने त्यहाका  पण्डीत माधव पौडेल र पुजारी हेमन खड्काले जानकारी दिनुभएको छ । 
श्रदालु भक्तजनहरूलाइ गाह्रो अफ्ठ्यारो नपरोस् भनी यस्तो  जानकारी मन्दिर ब्यवस्थापन समितिले समयमै दिने  निर्णय गरेको हो । 
कोरोना पछी हुदै गरेको यो त्रयोदशी मेला यसपाली  भब्य हुने अनुमान गर्न सकिन्छ । मेला हेर्न आउने श्रदालु भक्तजनहरूको घुइँचो देख्न पाइने छ । 
यो मन्दीरको संरचना अहिले नया र प्रविधिमैत्री देख्न  पाइने छ । स्थानीय सरकार , पर्यटन प्रर्वधन बोर्ड लगायतको बजेटमा यो मन्दिरको मुहार फेरीएको छ । 
यसपालीको  त्रयोदशी जात्रा भब्य र सभ्य रुपमा सफल हुने आयोजकले जानकारी दिएको छ। 

अन्य समाचारहरु