आज बडादसैँको मुख्य दिन विजया दशमी अर्थात् टीका लगाउने दिन। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार नेपालमा टीका लगाउने उत्तम साइत आज बिहान ११:५१ बजे हो।
विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतै खोज्नेका लागि यो साइत दिइएको समितिले जनाएको छ।
यस्तै दसैँको टीका नेपालमा बस्नेहरूले मात्र होइन, विश्वका विभिन्न देशमा रहेका नेपालीले पनि लगाउँछन्।
यसका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका समयअनुसार दसैंँको टीका–जमरा लगाउने उत्तम साइत सार्वजनिक गरेको छ।
हरेक देशको स्थानीय समयानुसार साइत निर्धारण हुने भएकाले देशअनुसार छुट्टाछुट्टै साइत तोकिएको हो।
असोज ४ गते नै समितिले जारी गरेको विज्ञप्तिअनुसार नेपालका लागि बिहान ११:५१ बजे, देहली, भारतका लागि बिहान १०:४५ बजे दसैंको टीका लगाउने शुभ साइत छ।
यस्तै न्युयोर्क, अमेरिकाका लागि अक्टोबर ४ तारिकका दिन बिहान ११:११, केन्टुकी, अमेरिकामा सोही दिन बिहान ११:५५, टेक्सासमा ११:३५ बजे, क्यालिफोर्नियामा ११:४५ बजे, वासिंटन डीसीमा बिहान ११:२५ बजे टीकाका लागि उत्तम साइत छ भने क्यानडाको टोरन्टोमा पनि सोही दिन बिहान ११:३९ बजे टीका लगाउने साइत तोकिएको छ।
यसैगरी क्यानडाको भ्यानकुभरमा बिहान ११:४५ बजे, स्विट्जरल्यान्डमा बिहान ९:५५, बेलायतमा बिहान ११:५७ बजे, पोर्चुगलको लिस्बनमा बिहान ११:३५ बजे, फ्रान्सको पेरिसमा बिहान ११:५५ बजे र नर्वेको ओस्लोमा टीकाको उत्तम साइत बिहान ११:५५ बजे टीका लगाउने साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
समितिका अनु्सार टोकियो, जापानका लागि अक्टोबर ५ मा बिहान १०:३९ बजे, न्युजिल्यान्डमा सोही दिन बिहान १०:५७, अस्ट्रेलियाको सिड्नीमा बिहान १०:४१, मेलबर्नमा बिहान १०:५५ बजे, ब्रिसबेनमा बिहान ११:०५ बजे, मलेसियाको क्वालालाम्पुरमा बिहान १०:२५ बजे, सिंगापुरमा बिहान ११:२७ बजे, थाइल्यान्डमा बिहान १०:२१ बजे, हङकङमा बिहाना १०:५५, दक्षिण कोरियामा बिहान १०:५१ बजे, साउदी अरेबियामा बिहान ९:५५ बजे, कतारमा बिहान ८:१५ बजे र यूएईमा सोही दिन बिहान ९:०१ बजे टीका लगाउने उत्तम साइत छ।
यस्तै इजरायलमा अक्टोबर ५ मा बिहान १०:२७ बजे, म्यानमारमा बिहान ९:५५ बजे टीकाको शुभ साइत रहेको समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ।
हेर्नुहोस् विज्ञप्ति :