प्रतिनिधिसभा तर्फ स्वतन्त्र रुपमा उम्मेदवारी दिदै सामाजिक अभियन्ता हरी भुसाल । उनले आज सामाजिक सन्जाल मार्फत आफ्नो धारणा राख्दै आगामी संघको निर्वाचनमा आफ्नो स्वतन्त्र रुपमा उम्मेदवारी दिने निर्णय घोषणा गरेका छन। प्र्स्तुत छ उनले सामाजिक सन्जालमा दिएको आफ्नो अभिब्यक्ती ।
आदरणिय शुभचिन्तक, सुभेच्छुक अनि अर्घाखाँचीवासीहरुमा हार्दिक नमस्कार ।
लामाे समयकाे छलफल, साथिहरुसंगकाे परामर्श र भेटघाटपछि म याे निष्कर्षमा पुगेकाे छु कि
# हामीले केही ब्यक्तिहरुलाई लामाे समयसम्म विस्वास गरेर मत दिएपनि अर्घाखाँचीमा सडक भत्काउने, एकाध मान्छेका डाेजर पाल्ने बाहेक कुनै विकास हुन सकेन ।
# महेन्द्र राजमार्गदेखी जिल्ला सदरमुकाम जाेड्ने मुख्य बाटाे निर्माण हाम्रा जनप्रतिनिधि भनिएकाहरुकाे कहिल्लै प्राथमिकतामा परेन, जसका कारण सवारि दुर्घटनामा बर्सेनि दर्जनाै हाम्रा दाजुभाई, दिदिबहिनि तथा आमाबुवाहरुले अकालमा ज्यान गुमाईरहनु परेकाे छ ।
# जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेकाे जिल्ला अस्पताललाई सुबिधासम्पन्न बनाउन र गुणस्तरिय स्वास्थ्य सेवा प्रदानकाे विषय हाम्रा जनप्रतिनिधिहरुकाे प्राथमिकतामा कहिल्लै परेन । जसका कारण बर्सेनि दर्जनाैँले अकालमा ज्यान गुमाउनुपरेकाे छ ।
# शिक्षा क्षेत्रलाई यसरी राजनितिकरण गरियाे कि हाम्रा शिक्षण संस्थाहरु बेराेजगार उत्पादन गर्ने कम्पनी बाहेक केही बन्न सकेका छैनन । जसका कारण दक्ष जनशक्ति तयार हुन नै सकेका छैनन भने राेजगारीकाे लागि विदेशमा पसिना बेच्न युवाहरुलाई बाध्य पारिएकाे छ ।
यसर्थ याे पटक केही फरक ढंगले साेच्नैपर्ने भएकाे छ ।
यही क्रमभंगताकाे लागि प्रतिनिधिसभा तर्फ स्वतन्त्र रुपमा उम्मेदवारी दिने निर्णय गरेकाे छु । यहाँहरुकाे साथ सहयाेग र सहकार्यकाे लागि समेत विशेष आग्रह गर्न चाहन्छु ।