अनिल नेपाली , अर्घाखाची डट्कम।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले अर्घाखाँचीमा मनाेनयन दर्ता गरेकाे छ । प्रतिनिधि सभाकाे सदस्यमा टाेपबहादुर रायमाझीकाे मनाेनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय अर्घाखाँचीले जनाएको छ ।
एमालेले प्रदेशसभा (क) मा चेतनारायण आचार्य र प्रदेशसभा (ख) मा रामजीप्रसाद घिमिरेकाे उम्मेदवारी दर्ता गरेकाे हाे । रायमाझी पुर्वउपप्रधानमन्त्री हुन । आचार्य लुम्बिनी प्रदेशका पुर्वमन्त्री र घिमिरे पुर्व प्रदेशसभा सदस्य हुन ।
२०७४ सालकाे निर्वाचनमा बामगठबन्धन हुदाँ रायमाझी माओवादी केन्द्रबाट, घिमिरे र आचार्य एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य हुन । नेकपा विघटन सँगै रायमाझीले एमाले राेजेका थिए ।