शोभाखर पन्थी
अर्घाखाँची
नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले प्रतिनिधि सभा निर्वाचनको निम्ति अर्घाखाँची जिल्ला बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । २०६४,२०७० र २०७४ मा भएका निर्वाचनमा लगातार विजयी हुनुभएका उहाँ उपप्रधानमन्त्री तथा पटकपटक मन्त्री समेत भैसक्नु भएको छ ।
जिल्लामा विकासवादी नेताको छवि बनाउनु भएका रायमाझी जनताको बीचमा निक्कै लोकप्रिय हुनुहुन्छ । उम्मेदवारी दर्ता पछि पत्रकार सँग संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले बिकास र समृद्धिको निम्ति नेकपा एमालेका उम्मेदवारलाई बिजयी बनाउनुपर्ने बताउनुभयो । आफु निर्वाचित भएपछि जिल्लामा बिकासको कामले गति लिएको भन्दै उहाँले १५ बर्षको अबधिमा जिल्लामा निक्कै धेरै र महत्त्वपूर्ण काम भएको बताउनुभयो ।
यसैगरी प्रदेशसभा सदस्यको निम्ति प्रदेश निर्वाचन क्षेत्र (क) बाट चेतनारायण आचार्य र (ख) मा रामजी प्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँहरु दुबै जना यस अघि पनि सोही क्षेत्र बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री समेत भैसक्नु भएको छ ।
नेकपा एमाले अर्घाखाँचीको पार्टी प्रमुख समेत भैसक्नु भएका आचार्य अहिले पार्टीको केन्द्रिय कमिटी सदस्य हुनुहुन्छ भने घिमिरे प्रदेश सचिवालय सदस्य । दुबै नेताहरू जिल्लामा निक्कै लोकप्रिय र विश्वासी मानिन्छन् । जिल्लाको बिकास निर्माणमा उहाँहरुको योगदान महत्त्वपूर्ण मानिन्छ ।
उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिंदै उहाँहरुले आफुहरुको ५ बर्षे कार्यकाल निक्कै उपलब्धि मुलक भएको बताउनुभयो । शिक्षा ,स्वास्थ्य ,खानेपानी ,यातायात र बिद्धुतका क्षेत्रमा धेरै काम गरेको उहाँहरुको भनाइ छ ।
बिकास कहिल्यै पुरा नहुने भन्दै उहाँहरुले अधुरा काम पूरा गर्नको निम्ति पु:न बिजयी गराउन आग्रह गर्नुभयो ।