स्वतन्त्र उम्मेद्वार दुर्गा बन्जाडेले उम्मेदवारी मनोनयन दर्ता गरे।

-अर्घाखाची डट्कम ,सम्बाददाता।  
अर्घाखाँची जिल्लामा पुगेर जनताको मनोभावना बुझ्दै जनताको समस्याहरुको अबलोकन गर्दै बिगत केही महिना अघिबाट अर्घाखाँची जिल्लाको भ्रमणमा रहेका सामाजिक अभियन्ता तथा पेशाले कलाकार र नव उधमी  दुर्गा बन्जाडेले आइतबार दिउँसो ३ बजे आफ्नो उम्मेदवारी दर्तागरेका हुन । 
ad
स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका दुर्गा बन्जाडेले लौरो अभियान अन्तर्गतको कार्यक्रमबाट चुनाब चिन्ह लौरो समेत प्राप्त गरेका छन। 
 स्वतन्त्र उम्मेदवार हरुको प्रतीक भैसकेको लौरो चुनाब चिन्ह लिएर  अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदको लागि उम्मेदवारी दर्ता गराइरहदा आफू जनताहरुको हक हित र बिकासको कार्यमा अढिग  भएर लागि पर्ने दुर्गा बताउछन।
उनले स्थानिय निर्वाचनमा काठमाडौं र धरानमा लौरोको जित भएपछी, अर्घाखाँची जिल्लामा पनि लौरो चुनाब चिन्हबाट मैले जित्ने छु र सो जित मेरो नभै अर्घाखाँची जिल्लाका जनताको हुने कुरा समेत प्रष्ट पारेका छन।
त्यस्तै गरि दुर्गा बन्जाडे सङ्ग प्रतिस्पर्धामा नेकपा एमाले बाट टोप बहादुर रायमाझी र गठबन्धनबाट पुस्पा भुसालले समेत मनोनयन दर्ता गरिसकेका छन।

अन्य समाचारहरु