– अनिल नेपाली ,अर्घाखाची ।
तस्बिर – प्रकाश श्रेष्ठ ।
सन्धिखर्क नगपालिका वडा न १२ सल्लिकोट स्थित श्री ज्ञान प्रकास मा. वि शैक्षिक उपलब्धि थप सुधारका लागि सरोकार वाला सँग को अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका प्रधानाध्यापक श्री सुर्य बहादुर खनालको अध्यक्षता, शिक्षक श्री चिरञ्जीवी भुसालको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा उपस्थिति अभिभावकहरुलाइ स्वागत तथा कार्यक्रमको उदेस्य माथि शिक्षक दिनामणि बेल्वासेले मन्तव्य राख्नु भएको थियो।
एसइ २०७९ लाइ मध्यनजर गरि कक्षा १० मा अध्ययनरत ५१ जना विद्यार्थी र ४७ जना विद्यार्थीको हाल सम्मको शैक्षिक अवस्था र त्रैमासिक परिक्षाको मुल्याङ्कन,प्रस्तुति सबै विषयगत शिक्षकबाट हुनुको साथै अभिभावक र विद्यार्थीबाट सुझावलाइ रिपोर्ट गर्ने काम भएको थियोे ।
उक्त कार्यक्रमको तर्फबाट तारा बस्याल, कृष्ण बस्याल , राम श्रेष्ठ उपस्थित ४७ जना अभिभावकबाट आ -आफ्नो भनाइ राख्ने कार्य भएको थियो ।
कार्यक्रमको अन्त्यमा विद्यालयका प्रधानाध्यापक सुर्य बहादुर खनालबाट हालै शैक्षिक गुणस्तर परिक्षण केन्द्रबाट जिल्लाकै तृतीय स्थान हासिल गरेको जानकारी गराउनु भएको थियो। यसैगरी कार्यक्रमको समापन प्रधानाध्यापक सुर्य बहादुर खनालबाट भएको थियो ।