आसन्न निर्वाचन २०७९ लक्षित राष्ट्रिय जनमोर्चा सन्धिखर्क १ र २ को अगुवा कार्यकर्ता प्रशिक्षण चुत्राबेसीमा सम्पन्न।

– गोपाल भट्टराई
अर्घाखाँचीबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क मा गठबन्धनका साझा उम्मेद्धार सागर के.सी.ले राजनीतिक यात्रामा आफु हालसम्म निश्कलङ्कित रहेकोले चुनाव जित्ने दाबी गर्नुभएको छ । 
आसन्न निर्वाचन २०७९ लक्षित राष्ट्रिय जनमोर्चा सन्धिखर्क  १ र २ को अगुवा कार्यकर्ता प्रशिक्षण  चुत्राबेसीमा सम्पन्न।
मंसिर ४ गते हुने निर्वाचनमा पार्टी र गठबन्धनले विस्वाँस गरेकोमा धन्यवाद दिंदै नेता के.सी.ले आफुले जितेपछि राजनीति,जनता र जिल्लाको विकासमा दृढ भएर लाग्ने संकल्प गर्नुभएको छ ।
आसन्न निर्वाचन २०७९ लक्षित राष्ट्रिय जनमोर्चा सन्धिखर्क  १ र २ को अगुवा कार्यकर्ता प्रशिक्षण  चुत्राबेसीमा सम्पन्न।
 राष्ट्रिय जनमोर्चा सन्धिखर्क १ र २ ले आज चुत्रावेसीमा आयोजना गरेको आसन्न निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो संकल्प गर्नुभएको हो ।
आसन्न निर्वाचन २०७९ लक्षित राष्ट्रिय जनमोर्चा सन्धिखर्क  १ र २ को अगुवा कार्यकर्ता प्रशिक्षण  चुत्राबेसीमा सम्पन्न।
 “अहिले चुनावमा पैसाले भोट किन्ने र जितेपछि लगानी फर्काउनमै ब्यस्त भएको देखिन्छ,नेता के.सी.ले भन्नुभयो,“पैसा र व्यक्तिगत स्वार्थ पुरा गर्न राजनीतिमा लाग्नु हुदैन ।” नेता के.सी.ले थप्नुभयो,“निर्वाचनमा अमुल्य भोट मलाई दिनुस्,त्यो जित मेरो र तपाईको मात्रै हैन सिङ्गो जिल्लाको जित हुनेछ ।” नेता के.सी.ले अर्घाखाँचीमा गठबन्धन एक ढिक्का भएसंगै विपक्षीहरु अताल्लिएको आरोप समेत लगाउनुभएको छ ।
आसन्न निर्वाचन २०७९ लक्षित राष्ट्रिय जनमोर्चा सन्धिखर्क  १ र २ को अगुवा कार्यकर्ता प्रशिक्षण  चुत्राबेसीमा सम्पन्न।
 कार्यक्रममा राजमो नेता शेर बहादुर वि.सी.,जिल्ला अध्यक्ष थम्मन के.सी., सन्धिखर्क नगर अध्यक्ष कमल प्रसाद घिमिरे र अखिल नेपाल उद्योग ब्यापार संघ केन्द्रिय अध्यक्ष ढुन्डिराज आचार्यले मन्तव्य राख्दै निर्वाचनमा गठबन्धनलाई जिताउन असार १५ सम्झिएर काममा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 
आसन्न निर्वाचन २०७९ लक्षित राष्ट्रिय जनमोर्चा सन्धिखर्क  १ र २ को अगुवा कार्यकर्ता प्रशिक्षण  चुत्राबेसीमा सम्पन्न।
राजमो सन्धिखर्क २ का अध्यक्ष जिवनारायण खनालको अध्यक्षता,मिना वि.सी.को स्वागत मन्तव्य र तुल्सीराम खनालको संचालनमा सम्पन्न भेलाले मिना वि.सी. संयोजक रहेको सन्धिखर्क १ को ५ सदस्यिय निर्वाचन परिचालन समिति र राधा आचार्य सम्योजक रहेको १ सय १ सदस्यिय प्रचार–प्रसार समिति गठन गरेको छ । 
आसन्न निर्वाचन २०७९ लक्षित राष्ट्रिय जनमोर्चा सन्धिखर्क  १ र २ को अगुवा कार्यकर्ता प्रशिक्षण  चुत्राबेसीमा सम्पन्न।
यस्तै जिवनारायण खनाल सम्योजक रहेको ५ सदस्यीय सन्धिखर्क–२ को निर्वाचन परिचालन समिति र साजन वली सम्योजक रहेको २ सय १ सदस्यिय प्रचार–प्रसार समिति गठन गरेको बताइएको छ । 
आसन्न निर्वाचन २०७९ लक्षित राष्ट्रिय जनमोर्चा सन्धिखर्क  १ र २ को अगुवा कार्यकर्ता प्रशिक्षण  चुत्राबेसीमा सम्पन्न।
यसैविच राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरसमितिले आसन्न निर्वाचनमा प्रतिगमनलाई घुंडा टेकाउन एक जुट भएर लाग्ने निर्णय गरेको छ ।
 आज पोखेडाँडामा सम्पन्न नगर समितिको बैठकले मुलुकका उपलब्धिको रक्षा र जिल्लाको समग्र विकासको निम्ती बाम लोकतान्त्रिक गठबन्धनको खाँचो रहेको निष्कर्ष निकाल्दै नगरको सिङ्गो टिम चुनावी अभियानमा लाग्ने निर्णय गरेको हो ।
आसन्न निर्वाचन २०७९ लक्षित राष्ट्रिय जनमोर्चा सन्धिखर्क  १ र २ को अगुवा कार्यकर्ता प्रशिक्षण  चुत्राबेसीमा सम्पन्न।
 नगर समिति अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकमा राजमो केन्द्रिय सदस्य झविलाल थापा,सागर के.सी.,जिल्ला सचिव बाबुराम पन्थी,अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला राना,नगर इन्चार्ज तुल्सीराम वेल्वासेले सहजीकरण गर्नुभएको थियो ।
आसन्न निर्वाचन २०७९ लक्षित राष्ट्रिय जनमोर्चा सन्धिखर्क  १ र २ को अगुवा कार्यकर्ता प्रशिक्षण  चुत्राबेसीमा सम्पन्न।
बैठकले कार्तिक २ गते १० वटै वडा समितिका बैठक बस्ने गरि हिमलाल बन्जाडे संयोजक र चेतनारायण गैरे सह–संयोजक रहेको २ सय ५ सदस्यिय प्रचार–प्रसार समिति, निर्वाचन क्षेत्र नम्बर १ क मा खड्क बहादुर थापा संयोजक रहेको ९ सदस्यिय र निर्वाचन क्षेत्र नम्बर १ ख मा खिमानन्द वेल्वासे संयोजक रहेको ११ सदस्यिय निर्वाचन परिचालन समिति गठन गरेको नगर अध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु