सन्धिखर्कमा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन अधिकारको पैरविको लागि संचारकर्मी संग छलफल कार्यक्रम सम्पन्न ।


– केशवराज ज्ञवाली / अनिल नेपाली । 
अर्घाखाँचीको सन्धिखर्कमा संचारकर्मी संग यौन तथा प्रजनन स्वास्थ र सुरक्षित गर्भपतन अधिकार सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
 सन्धिखर्कमा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन अधिकारको पैरविको लागि संचारकर्मी संग छलफल कार्यक्रम सम्पन्न ।
 सन्धिखर्कमा गरिएको उक्त कार्यक्रममा सुरक्षित गर्भपतनको सुबिधा प्रयोग गर्न र गर्भपतन गर्भवती महिलाको स्व अधिकारको कुरा भएको जनमानसमा पुर्याउन संचारकर्मीको भुमिका उल्लेखनिय हुने बिषयमा चर्चा  गरिएको थियो ।
 सन्धिखर्कमा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन अधिकारको पैरविको लागि संचारकर्मी संग छलफल कार्यक्रम सम्पन्न ।
सन्धिखर्कमा रहेको समाजसेवा तथा वातावरण सस्कृती संरक्षण समूहको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य प्रमुख पुष्पा थापा , जिल्ला जनस्वास्थ्य अधिकारी गणेशराज पौडेल , संस्थाका पुर्व अध्यक्ष बाबुराम पौडेल , सल्लाहकार राजेश पन्थी , पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल लगायत जिल्लामा सक्रिय संचारकर्मिहरुको उपस्थिती रहेको थियो ।
 सन्धिखर्कमा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन अधिकारको पैरविको लागि संचारकर्मी संग छलफल कार्यक्रम सम्पन्न ।
समाजसेवा तथा वातावरण संस्कृति समुह अर्घाखाँचीले I pas संस्था संगको सहकार्यमा अर्घाखाँची का चा वटा पालिकामा सुरक्षीत गर्भपतन र प्रजनन स्वास्थ अधिकार सम्बन्धी सचेतना र पैरवी गर्दै आएको छ । 
 सन्धिखर्कमा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन अधिकारको पैरविको लागि संचारकर्मी संग छलफल कार्यक्रम सम्पन्न ।
यस संस्थाको पहलमा नेपालमै दोस्रो पटक सितगंगा नगरपालिकामा टेलि गर्भपतनको सुबिधा संचालन गरेको छ ।
 सन्धिखर्कमा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन अधिकारको पैरविको लागि संचारकर्मी संग छलफल कार्यक्रम सम्पन्न ।
टेलि गर्भपतन सुबिधा अन्तर्गत सेवाग्राहिले स्वास्थ स्वयं सेविका संगको सहकार्यमा स्वास्थकेन्द्रका स्वास्थकर्मी संग फोन मार्फत परामर्श लिएर  औषधी मार्फत सेवा लिन सक्नेछन भने औषधिको ब्यबस्था सितगंगा नगरपालिकाले गर्नेछ ।

अन्य समाचारहरु