काठमाण्डाै – मानवशास्त्री तथा नेपाल आदिवासी जनजाति महासङ्घका पूर्वमहासचिव ओम गुरुङको निधन भएको छ ।
गुरुङकाे उपचारका क्रममा आज साेमवार हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा निधन भएको हो । ६८ वर्षीय गुरुङ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
मानवशास्त्री गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख पनि हुनुहुन्थ्यो । उहाँ प्राध्यापनका साथै लेखनमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँले सामाजिक न्यायका पक्षमा आवाज उठाउँदै आउनुभएको थियो ।
गुरुङकाे श्रीमती, एक छाेरा र दुई छाेरी छन् । – उजाल्यो