रुसमा गाभिएका युक्रेनका चार क्षेत्रमा सैनिक शासन लागू गर्ने रुसको घोषणा

– एजेन्सी । 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा गाभेको घोषणा गरिएका युक्रेनका चार वटा क्षेत्रमा सैनिक शासन लागू गरेका छन् ।
युक्रेनका दोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खर्सोनमा सैनिक शासन लागू गर्ने सम्बन्धि आदेश जारी गर्दै पुटिनले ती क्षेत्रमा शान्ति बहाल गर्न र रुसी जनताको संरक्षण गर्न कदम चालिएको बताएका छन् । पुटिनको उक्त आदेशसँगै ती क्षेत्रमा रहेका रुसी सैनिकलाई थप अधिकार प्राप्त हुने छ । ती क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्ने अधिकार पनि सैनिकहरूलाई दिइएको छ ।
साथै राष्ट्रपति पुटिनले गाभिएका क्षेत्रका स्थानीय अधिकारीहरूसँग समन्वय गरी काम गर्न रुसी प्रधानमन्त्री मिखाइल मिसुस्तिनको नेतृत्वमा समन्वय समिति पनि बनाउनु भएको छ । पुटिनले जारी गरेको आदेशमा युक्रेनँंग सीमा जोडिएका क्राइमियालगायत आठ वटा क्षेत्रमा विशेष आर्थिक कार्यक्रम संचालन गर्न पनि आदेश दिइएको छ ।
खर्सोनलगायत क्षेत्रबाट पछिल्ला दिनमा सर्वसाधारणहरु रुसतर्फ पलायन हुने क्रम बढेको छ । युक्रेनी सेनाले प्रति आक्रमण तीब्र बनाएपछि रुसी सेनाले त्यहाँ रहेका सर्वसाधारणलाई रुसतर्फ स्थानान्तरण गरिरहेको हो ।